Wednesday, May 22, 2024

-->

रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय गर्ने

रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय लिने भएको छ।

रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय गर्ने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय लिने भएको छ।

उपनिर्वाचनपछि सोमबार केन्द्रीय समितिको बैठकमा निर्वाचनको समीक्षाका साथै सरकारमा सहभागिताबारे छलफल भएको थियो।

तर, सरकारमा जाने या नजाने विषयमा शुक्रबार मात्रै आधिकारिक निर्णय हुने केन्द्रीय सदस्य विजय जैरुले जानकारी दिए।

“सरकारमा जानेकी प्रतिपक्ष भएर बस्ने भन्ने विषयमा लामो छलफल भयो। सबैले आ–आफ्ना राय दियौँ,” उनले भने, “तर, आधिकारिक निर्णय शुक्रबार संसदीय दल र केन्द्रीय समितिको बैठकबाटै लिने सहमति भयो।”


सम्बन्धित सामग्री