Monday, April 29, 2024

-->

दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता

दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिबार तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए।

दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता

खलङ्गा– दार्चुलामा एक पुरुष तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका छन्। 

जिल्लाको ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिबार तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए।

दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताए। 

“दुम्लिङबाट प्रहरी टोली घटनास्थलमा गएको छ, खोजी कार्य जारी छ", उनले भने।


सम्बन्धित सामग्री