Tuesday, May 07, 2024

-->

हैदराबादलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेन्नई

१३५ रनको विजयी लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। 

हैदराबादलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेन्नई 

काठमाडौँ– चेन्नई सुपर किंग्स ईन्डियन प्रिमियर लिग (आईपीएल)को तेस्रो स्थानमा उक्लिएको छ।

शुक्रवार राति एमए चिदम्बरममा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै घरेलु टोली तेस्रो स्थानमा उक्लिएको हो।

१३५ रनको विजयी लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। चेन्नईका डेभन कन्वेले ७७ रनको अर्धशतकीय ईनिङ्स खेले।

उनले ५७ बलमा १२ चौका र १ छक्क प्रहार गरे। ऋतुराज गायकवाडले ३० बलमा ३५ रन बनाए। 

हैदराबादका मंयक मारकन्डेले २ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबाद निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३४ रनमा समेटियो।

हैदराबादका अभिषेक शर्माले सर्वाधिक ३४ रन बनाए। उनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै राहुल त्रिपाठीले २१ तथा हेनरिक केल्सनले १७ रन बनाए । 

चेन्नईका रविन्द्र जडेजाले ३ तथा मथिशा पथिराना, महेश थिक्सना र आकाश सिंहले १/१ विकेट लिए।

यस जितसँगै चेन्नई ८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

१० टोली सहभागी प्रतियोगितामा हैदराबाद ४ अंकसहित नवौँ स्थानमा छ। 


सम्बन्धित सामग्री