Sunday, April 28, 2024

-->

मुम्बईको पहिलो जित, दिल्लीको लगातार चौथो हार

दिल्लीले दिएको १७३ रनको विजयी लक्ष्य मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।

मुम्बईको पहिलो जित दिल्लीको लगातार चौथो हार

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको छ।

मुम्बईले मंगलबार राति घरेलु टोली दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो। दिल्लीको भने यो लगातार चौथो हार हो। दिल्लीले दिएको १७३ रनको विजयी लक्ष्य मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। 

मुम्बईका कप्तान तथा ओपनर रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङस् खेले। तिलक बर्माले २९ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४१ रन बनाए। इसान किसनले २६ बलमा ३१ रन बनाए।

दिल्लीका मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए।

त्यसअघि अरुण जेट्ली रंगशालमा टस हारेर ब्याटिङमा आएको दिल्लीले १९.४ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो।

दिल्लीका कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौका सहयोगमा ५१ रन बनाए। अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङस् खेले।

मुम्बईका पीयुष चावला र जेशन बेरेनडर्फले समान ३/३ विकेट लिए। यस्तै रिलि मिरिडेथले २ तथा ऋतिक शोकिनले १ विकेट लिए। 

जितसँगै ३ खेलबाट दुई अंक जोडेको मुम्बई आठौँ स्थानमा छ। अंकविहीन दिल्ली तालिकाको पुछारमा छ। 


सम्बन्धित सामग्री