Friday, April 26, 2024

-->

एसईई परीक्षा शुरू, ४ लाख ८५ हजार विद्यार्थी सहभागी

एसईईमा सबैभन्दा धेरै बागमती प्रदेशबाट १ लाख २ हजार परीक्षार्थी सहभागी छन्। त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६०८ जना छन्।

एसईई परीक्षा शुरू ४ लाख ८५ हजार विद्यार्थी सहभागी

काठमाडौँ– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरू भएको छ। बिहान ८ बजे शुरू भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

जसमध्ये छात्रा २ लाख ४२ हजार ७१२ र छात्र २ लाख ४२ हजार ६७४ रहेको कायममुकायम परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए। 

परीक्षाका लागि २ हजार ३७ केन्द्र तोकिएको छ। केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक र सुरक्षाकर्मीसमेत ७७ हजार ९९२ जना जनशक्ति परीक्षा केन्द्रमा खटिएको बोर्डले जनाएको छ।

सबैभन्दा धेरै बागमती प्रदेशबाट १ लाख २ हजार परीक्षार्थी सहभागी छन्। त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६०८ जना छन्।

परीक्षा चैत २९ सम्म सञ्चालन हुने छ। 


सम्बन्धित सामग्री