Friday, April 26, 2024

-->

अफगानिस्तानले जित्यो पाकिस्तानविरुद्धको टी२० सिरिज

दोस्रो खेलमा आइतबार राति पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले एक खेल अगावै सिरिज जितेको छ।

अफगानिस्तानले जित्यो पाकिस्तानविरुद्धको टी२० सिरिज 

काठमाडौँ– अफगानिस्तानले पाकिस्तानविरुद्ध तीन टी२० आई खेलको सिरिज जितेको छ।

दोस्रो खेलमा आइतबार राति पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले एक खेल अगावै सिरिज जितेको हो। शारजाहमा जितका लागि पाएको १३१ रन लक्ष्य अफगानिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। 

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ४९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए। इब्राहिम जद्रान ४० बलमा ३ चौकासहित ३८ र उस्मान घानी ७ रनमा आउट भए।

नाजिबउल्लाह जद्रान १२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नटआउट रहे। यस्तै मोहम्मद नाबी ९ बलमा १ छक्कासहित १४ रनमा नटआउट रहे। पाकिस्तानका जमान खान र इसानुल्लाहले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो। पाकिस्तानका इमाद वासिम ५७ बलमा ३ चौका र २ छक्कासहित ६४ रनमा अविजित रहे।

कप्तान शादब खानले २५ बलमा ३ चौकासहित ३२ रन बनाए। पाकिस्तानले पहिलो ओभरको शुरूआती तीन बलमै दुई ब्याटर गुमाएको थियो। 

अफगानिस्तानका फजलहक फारुकीले २ विकेट तथा नविन उल हक, राशिद खान र करिम जनतले १/१ विकेट लिए।

सिरिजको पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो। अन्तिम खेल सोमबार राति हुनेछ।


सम्बन्धित सामग्री