Friday, April 26, 2024

-->

गोरखामा प्रधानमन्त्री दाहालले शिलान्यास गरे पन्थहिटी–साहिलटार सडक

प्रधानमन्त्री दाहालले गोरखा– २ स्थित पन्थहिटी–कटहरे–हर्मी हुँदै साहिलटार जोड्ने २० मिलोमिटर सडक स्तरोन्नती कार्यको शिलान्यास गरेका हुन्। 

गोरखामा प्रधानमन्त्री दाहालले शिलान्यास गरे पन्थहिटी–साहिलटार सडक
तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखास्थित आफ्नो निर्वाचन क्षेत्रमा पुगेर सडक शिलान्यास गरेका छन्।

मंगलबार प्रधानमन्त्री दाहालले गोरखा– २ स्थित पन्थहिटी–कटहरे–हर्मी हुँदै साहिलटार जोड्ने सडक स्तरोन्नती कार्यको शिलान्यास गरेको उनका प्रेस विज्ञ सूर्यकिरण शर्माले जानकारी दिए।

शर्माका अनुसार २० किलोमिटर यो सडक चौडा बनाउने र कालोपत्र गर्ने योजना छ। काठमाडौँ महाराजगन्जस्थित वुड हिल–लामा जेभीले ३० महिनामा सक्ने गरी निर्माणको जिम्मा लिएको छ। 

८० करोड रुपैयाँमा सडकको ठेक्का लागेको हो। सोअवसरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलगायत उपस्थित थिए। 
 


सम्बन्धित सामग्री