Friday, April 26, 2024

-->

प्रिमियर लिग : आर्सनलद्वारा एभर्टन पराजित

आर्सनलका लागि गाब्रीएल मार्टिनेलीले २ तथा बुकायो साका र कप्तान मार्टिन ओडेगार्डले १/१ गोल गरे। 

प्रिमियर लिग  आर्सनलद्वारा एभर्टन पराजित 

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा आर्सनलले एभर्टनलाई ४–० गोल अन्तरले पराजित गरेको छ। 

जितसँगै लिगको शीर्ष स्थानमा रहेको आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि ५ अंकको अग्रता बनाएको छ। बुधबार राति ‘एमिरेट्स स्टेडियम’ लन्डनमा आर्सनलका लागि गाब्रीएल मार्टिनेलीले २ तथा बुकायो साका र कप्तान मार्टिन ओडेगार्डले १/१ गोल गरे। 

खेलको ४०औँ मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा मार्टिनेली अग्रता दोब्बर पारे। उनले साकाको पासका गोल गरेका थिए। ओडेगार्डले ७१औँ तथा मार्टिनेलीले ८०औँ मिनेटमा थप एक गोल गर्दै आर्सनलको फराकिलो जित सुनिश्चित गरे। 

जितपछि आर्सनलको २५ खेलबाट ६० अंक भएको छ। समान खेल खेलेको सिटी ५५ अंकसहित दाेस्राे स्थानमा छ। छ। एभर्टनले २५ खेलबाट २१ अंक मात्रै जोडेको छ।


 


सम्बन्धित सामग्री