Monday, April 29, 2024

-->

आर्सनलको हारसँगै म्यानचेस्टर सिटी ३ खेल अघि नै प्रिमियर लिग च्याम्पियन

लिगमा ३ खेल खेल्न बाँकी रहेको सिटीले १ खेल मात्रै खेल्न बाँकी रहेको आर्सनलसँग ४ अंकको अग्रता बनाएसँगै च्याम्पियन बनेको हो।

आर्सनलको हारसँगै म्यानचेस्टर सिटी ३ खेल अघि नै प्रिमियर लिग च्याम्पियन

काठमाडौँ– दोस्रो स्थानमा रहेको आर्सनलले हार बेहोरेसँगै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ।

गएराति नटिङ्‌घम फरेस्टसँग आर्सनल १–० ले पराजित भएको थियो। योसँगै सिटी प्रिमियर लिगको तीन खेल बाँकी छँदै प्रिमियर लिगको च्याम्पियन बन्न सफल भएको हो।

अब दोस्रो स्थानमा रहेको आर्सननले एक खेल मात्रै खेल्न बाँकी छ। यो खेलमा विजयी भए र ४ अंकले अघि रहेको सिटीले बाँकी तीनै खेल गुमाए पनि च्याम्पियन बन्ने निश्चित भएको हो। 

लिगमा अधिकांश समय शीर्षमा रहेको आर्सनलले पछिल्लो समय लय गुमाएको छ। उसले पछिल्ला ८ खेलमध्ये २ मात्र जित हात पारेको छ। सिटी भने यस सिजन अरू २ उपाधिको समेत संघारमा छ।

सिटीले अब एफए कप र च्याम्पियन्स लिगको फाइनल खेल्दैछ। 


सम्बन्धित सामग्री