Sunday, May 05, 2024

-->

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको 'रुलिङ'

संसद्मा सांसदहरूले सरकारले आफूहरूका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए।

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ– सभामुख देवराज घिमिरेले संसद्मा सांसदले उठाएका विषयको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदले सरकारले आफूहरूले उठाएका विषयको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए। सांसदको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसद्मा सांसदले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।

उनले भने, “शून्य समय र विशेष समयमा मान्य सदस्यहरूबाट उठाइएका सवालमा सदनमा जवाफ दिन सरकारलाई म निर्देशन गर्दछु।“ संसद्मा सांसदहरूले सरकारले आफूहरूका प्रश्नको उत्तर नदिएर पन्छिरहेको आरोप लगाएका थिए।


सम्बन्धित सामग्री