Saturday, April 27, 2024

-->

जलवाष्पयुक्त वायुको प्रभाव, तराईका थोरै स्थानमा हुस्सु र कुहिरो

शुक्रबार राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

जलवाष्पयुक्त वायुको प्रभाव तराईका थोरै स्थानमा हुस्सु र कुहिरो 

काठमाडौँ– हाल देशमा अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।

जसका कारण देशको पहाडी भेगमा आंशिक बदली रही तराईमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति भने प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ।


सम्बन्धित सामग्री