Saturday, April 27, 2024

-->

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

कोशी बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। कोशीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो कोशी, बागमती र गण्डकीका थोरै तथा मधेश र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ। 

यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ। बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ। 

कोशीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री