Saturday, April 27, 2024

-->

सुर्खेतमा ५ जनामा दादुरा सङ्क्रमण पुष्टि

सुर्खेतको छिमेकी जिल्ला बाँकेमा दादुरा सङ्क्रमण तीव्ररूपमा फैलिइरहेको छ।

सुर्खेतमा ५ जनामा दादुरा सङ्क्रमण पुष्टि

सुर्खेत– सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। तीनवटा पालिकामा दादुरा सङ्क्रमण पुष्टि भएको हो।

वीरेन्द्रनगर नगरपालिकामा तीन तथा गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए। छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइरहेको छ।

त्यसैले सुर्खेतमा पनि सतर्कता अपनाउन उनले सुझाव  दिए। दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ।

दादुराका बिरामी भेटिएपछि स्वास्थ्य निर्देशनालयले ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ। नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो।


सम्बन्धित सामग्री