बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएकोबारे उकालोले विस्तृत खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगी–व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ।
उनलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धान गर्न बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीको उच्चस्रोतले उकालोलाई बतायो।
अरुण देशकै ठूलोमध्येको औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुप (सीजी) का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्। उनी चौधरी ग्रुपअन्तर्गतको कम्पनी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन्।
यो पनि: बाँसबारीको १० रोपनी सरकारी जग्गा: चौधरी ग्रुपले यसरी गर्यो कब्जा
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएकोबारे उकालोले विस्तृत खोजमूलक रिपोर्ट प्रकाशन गरेको थियो। त्यो जग्गा अहिले अरुण र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।
उकालोमा यो प्रकरण उजागर भएपछि १५ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको थियो। तर अख्तियारको अनुसन्धान अघि नबढेपछि सीआईबीले पनि यो विषयमा अनुसन्धान अघि बढाएको थियो।
यो पनि: चौधरी ग्रुपलाई बाँसबारीको सरकारी जग्गा सुम्पने निर्णय नै गैरकानूनी
२०२० सालमा चीन सरकारको अनुदान सहयोगमा बाँसबारी छाला तथा जुत्ता कारखाना स्थापना भएको थियो। तर दुई दशकमै यो संस्था अवसानतर्फ अग्रसर भयो। २०४० को दशकको शुरूदेखि सरकारी निकायहरूबाटै कारखाना निरन्तर घाटामा रहेको प्रतिवेदन तयार हुन थाल्यो। लगातार घाटा बेहोरेको देखाएर कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी बिक्री गर्ने निर्णय गरियो। त्यसपछि, २०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१औँ बैठकले प्रतिरोपनी २ लाख ५० हजारका दरले कुल १५ लाख रुपैयाँमा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो।
च्याम्पियन फुटवेयर लिमिटेडको सञ्चालकमा चौधरी ग्रुप परिवारका सदस्यहरू थियए। २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरको शेयर सदस्यमा विनोदकुमार चौधरी, अरूणकुमार चौधरी, लुनकरणदास चौधरी, वसन्तकुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी भएको देखिन्छ।
यो पनि: बाँसबारी जग्गा प्रकरणमा १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियार
जग्गा बिक्रीबाट कारखानाले बेहोरिरहेको घाटा पूर्ति हुने दाबी गरिएको थियो। तर जग्गा बिक्री गर्दा कारखानाले पैसा होइन, च्याम्पियन फुटवेयर लिमिटेडको १५ सय कित्ता शेयर, प्रतिशेयर १ हजार रुपैयाँका दरले पाउने भयो।
च्याम्पियन फुटवेयरले बाँसबारीबाट जुन मूल्यमा जग्गा प्राप्त गर्यो, त्यो सरकार स्वयंले गरेको मूल्यांकनभन्दा निकै कम थियो। १९९२ अप्रिल ५ (२०४८ चैत २३ गते) सरकारले स्वतन्त्र मूल्यांकनकर्तामार्फत् गरेको मूल्यांकनमा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडले चर्चेको ८३ रोपनी जग्गाको त्यसबेलाको मूल्य ७ करोड ४ लाख ४२ हजार रुपैयाँ रहेको उल्लेख छ। यो मूल्यअनुसार पनि प्रतिरोपनी जग्गाको मूल्य ८ लाख ४९ हजार रुपैयाँ पर्छ। तर च्याम्पियनले जम्मा २५ लाख रुपैयाँको शेयर दिएर बाँसबारीको १० रोपनी जग्गा हात पार्यो।
यो पनि: अख्तियारले खोजेपछि बाँसबारीको फाइल ‘गायब’, रोकियो चौधरी ग्रुपले हडपेको जग्गाको अनुसन्धान
तर जग्गा हात पारेपछि तीन वर्षमै च्याम्पियन फुटवेयरले जुत्ता उत्पादन बन्द गरेको थियो। त्यसपछि, सरकारको नाममा रहेको शेयरसमेत एकैपटक चौधरी समूहले आफ्नोमा नामसारी गरेर १० रोपनी सरकारी जग्गा नै निजी सम्पत्ति बनाएको खुलेको थियो। १० रोपनी जग्गा अरुण चौधरी र उनकी श्रीमती शीला चौधरीको स्वामित्व रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालीको नाममा ल्याइएपछि त्यहाँ चौधरी ग्रुपकै चाँदबाग स्कुल सञ्चालन भइरहेको छ।
यो पनि:
एक्सक्लुसिभ – बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्यो कब्जा
फलोअप– चौधरी ग्रुपलाई बाँसबारीको सरकारी जग्गा सुम्पने निर्णय नै गैरकानूनी
अन्तर्वार्ता– बाँसबारीको जग्गा सरकारको हो, फिर्ता लिएर चौधरी समूहलाई कारबाही हुनुपर्छ
समाचार प्रभाव– चौधरी समूहबाट कब्जा बाँसबारीको सरकारी जग्गाबारे अख्तियारले शुरू गर्यो अनुसन्धान
फलोअप – अख्तियारले खोजेपछि बाँसबारीको फाइल ‘गायब’, रोकियो चौधरी ग्रुपले हडपेको जग्गाको अनुसन्धान
संसद्मा एमालेको माग– बाँसबारी र बालमन्दिर घोटालामा संलग्नलाई कारबाही गर
बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
बाँसबारी जग्गा प्रकरणमा १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियार
समाचार प्रभाव – बाँसबारी जग्गा प्रकरण : आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ
बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक थापा पक्राउ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
