बिहानैदेखि मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन्।
काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान शुरू भएको छ। बिहानैदेखि मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् ।
पाँच बजेसम्म हुने मतदानबाट मतदानबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य चुनिनेछन्। यस्तै प्रतिनिधिससभामा ११० र प्रदेशसभामा २२० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन्।
यो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन्। उनीहरूले १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई हजार ४१२ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार १९९ उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ।
प्रदेशसभातर्फ प्रत्यक्षतर्फ तीन हजार २२४ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ७०८ जना उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ । प्रदेशसभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र देखाएर मतदान गर्न सक्नेछन् । मतदाता परिचयपत्र नभएका तर नाम सूचीकृत भएका मतदाताले अन्य सरकारी कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
