भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले आइतबार निर्वाचन पर्यवेक्षण गरेको छ।
काठमाडौं– विदेशी पर्यवेक्षकले काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) का मतदान केन्द्रको पर्यवेक्षण गरेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्थाका पर्यवेक्षक पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले आइतबार निर्वाचन पर्यवेक्षण गरेको हो।
नेपालभित्रका भने ४४ संस्थाले पर्यवेक्षणको अनुमति पाएका थिए। भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारसहितको प्रतिनिधिमण्डलले नेपालको निर्वाचनको पर्यवेक्षण गरेको थियो।
त्यस्तै, बंगलादेशका प्रमुख निर्वाचन आयुक्त काजी हबिबुल अवाल, भुटानका प्रमुख निर्वाचन आयुक्त सोनम तोप्गे र मालदिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाद थोफिकको नेतृत्वमा पदाधिकारीले नेपालका निर्वाचनको पर्यवेक्षण गरेका हुन्।
श्रीलंकाबाट दुई निर्वाचन आयुक्त एमएम मोहम्मद र एसबी देवरत्ने तथा दक्षिण कोरियाबाट इलेक्सन कमिस्नर किम चाङ–बोसहितको टोलीले नेपालको निर्वाचन पर्यवेक्षण गरेको छ।
निर्वाचन आयोग ऐनको दफा ६ ले कुनै स्वदेशी तथा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग सम्बन्धित काम कारबाहीको पर्यवेक्षण गर्न दिन सकिने व्यवस्था गरेको छ।
पर्यवेक्षणमा खटिने व्यक्ति तथा संस्थाले निर्वाचनको वैधता, स्वतन्त्रता, निष्पक्षता, तटस्थता, समानतालगायतका विषयमा पर्यवेक्षण गरेका थिए। पर्यवेक्षक संस्था र व्यक्तिका लागि छुट्टै आचारसंहिता तोकिएको थियो।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ६ मा पर्यवेक्षण गर्ने संस्था तथा पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण समेटिएको छ। पर्यवेक्षण अनुमति पाएका संस्थाले पर्यवेक्षण कार्य समाप्त भएको तीन दिनभित्रमा त्यसको प्रतिवेदन निर्वाचन आयोगसमक्ष बुझाइसक्नुपर्ने व्यवस्था रहेको छ। त्यस्ता संस्थाले निर्वाचनका क्रममा गरेको आयव्ययको विवरण पनि ३० दिनभित्रमा आयोगलाई बुझाइसक्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
