Sunday, May 05, 2024

-->

मनाङमा ७०.६७ प्रतिशत मत खस्यो

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार ७९१ मत खसेको हो।

मनाङमा ७०६७ प्रतिशत मत खस्यो

मनाङ– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७०.६७ प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार ७९१ मत खसेको हो। “दिउँसो सवा तीन बजेसम्म ७०.६७ प्रतिशत मत खसेको छ”, उनले भने।

कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन्। यहाँ कुल ६ हजार ७७९ मतदाता छन्।


सम्बन्धित सामग्री