AnonymousUser

Logout

उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारबाट अमेरिका र दक्षिण कोरिया रुष्ट, संयुक्त हवाई अभ्यास लम्बाउने

उत्तर र दक्षिण कोरियाको सामुद्रिक सीमा क्षेत्रमा दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट नै उत्तरले थप दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी छ।

युरोपमा आगामी वर्ष ग्यासको अभाव हुनसक्ने

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा प्रतिबन्धको प्रतिशोध स्वरूप युरोपलाई आपूर्तिमा भारी कटौती गरेको थियो

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गोली प्रहारबाट घाइते भएका छन्।

म्यानमारका पूर्वसांसदलाई अदालतले सुनायो १७३ वर्ष जेल सजाय

विन २०२१ को नोभेम्बरमा पक्राउ परेपछि मागवेस्थित उनको घरलाई सेनाले बलपूर्वक नियन्त्रणमा लिएको थियो।

उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियासँगकाे सामुद्रिक क्षेत्रमा पहिलोपटक क्षेप्यास्त्र प्रहार

प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिएको भोलीपल्ट क्षेप्यास्त्र प्रहार गरेको हो।

अफ्रिकी मुलुक मलावीमा हैजाका कारण १८३ जनाको मृत्यु

मलावीका २७ मध्ये २२ वटा जिल्लामा हैजाको महामारी छ। रूढीवादी सोचका कारण नागरिकहरू उपचारका लागि अस्पताल नगएको त्यहाँका स्वास्थ्यमन्त्रीको भनाइ छ।

इजरायलमा चार वर्षमा पाँचाैँपटक संसदीय निर्वाचन

इजरायलमा समानुपातिक प्रतिनिधित्वका लागि चुनाव हुने गरेकाले पार्टीलाई जति मत खस्छ त्यसकै आधारमा सिट संख्या बाँडफाँट हुने व्यवस्था छ।

युक्रेनमा रुसी आक्रमण तीव्र, विद्युत् आपूर्ति र खानेपानी संकट

रुसले युक्रेनमा ऊर्जा र जलक्षेत्र लक्षित आक्रमण तीव्र पारेको छ। आक्रमणसँगै युक्रेनको राजधानीका ८० प्रतिशत बस्तीमा खानेपानी तथा विद्युत आपूर्ति बन्द भएको छ।

युक्रेनले खाद्यान्न निर्यातलाई निरन्तरता दिने, इथियोपियालाई पठायो ४० टन अन्न

गत फेब्रुअरीमा युद्ध शुरु गरेपछि रुसी जलसेनाले युक्रेनबाट निर्यात हुने सामग्रीमा प्रतिबन्ध लगाउँदै आएका थिए। रुसी प्रतिबन्धका कारण युक्रेनको २ करोड टन खाद्यान्न निर्यात हुन पाएको थिएन।

ब्राजिलको राष्ट्रपतिमा लुला निर्वाचित

लुलाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका छन्।

गुजरातमा झोलुंगे पुल चुडिँदा १४१ जनाको मृत्यु

क्षमताभन्दा बढी मानिस चढ्दा पुल चुडिएको अनुमान गरिएको छ। घटनामा १०० जना घाइते भएका छन् भने ५० जना अझै हराइरहेका छन्।

भारतको गुजरातमा पुल भाँचिँदा ३२ जनाको मृत्यु

गुजरातका गृहमन्त्री हर्ष संघवीले ७० जना अस्पताल भर्ना भएको जानकारी दिए। घाइतेलाई राजकोट सिभिल अस्पतालमा ल्याइएको छ।

सोमालियाको मोगादिसुमा कार बम विस्फोट हुँदा १०० जनाको मृत्यु

शनिबार कार बम विस्फोट भएको ठाउँमै यसअघि सन् २०१७ मा ट्रक बम विस्फोट हुँदा ५०० जनाले ज्यान गुमाएका थिए।

दक्षिण कोरियाको भागदौडमा मारिनेको संख्या १५१, राष्ट्रिय शोकको घोषणा

अन्य समयमा पनि व्यस्त रहने इटेवन हलोवीनका समयमा सबैभन्दा व्यस्त हुन्छ। तर, यसपालि करिब एक लाख मानिस जम्मा भएका थिए।

दक्षिण कोरियामा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु

घटनामा १४९ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।

मानवीय सहयोगका लागि ट्विटर किनेको हुँ : मस्क

यो सफलता मस्कले एकैपटक पाएका होइनन्। लामो समयको संघर्ष र धेरै कम्पनीको आर्थिक सफलताले पनि उनलाई संसारको सबैभन्दा धनी बनाएको हो।

फिलिपिन्स आँधीः ४७ जनाको मृत्यु, ६० जना बेपत्ता

बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन्।

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण

प्रहरीले आक्रमणकारी ४२ वर्षीय डेभिड डिपापेविरुद्ध हत्या, घातक हतियार, चोरीलगायतका आरोपमा मुद्दा चलाउने तयारी गरेको छ।

उत्तर कोरियाले गर्‍यो यस वर्ष २८ वटा क्षेप्यास्त्र परीक्षण

स्याटेलाइटमार्फत उत्तरका गतिविधि नियाल्दा उत्तर कोरियाले सातौँ आणविक परीक्षणको तयारी गरेको हुनसक्ने अमेरिकी र दक्षिण कोरियाली अधिकारीको अनुमान छ।

एलन मस्कले गरे ट्विटरका सीईओसहित ४ अधिकारीलाई बर्खास्त

एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर डिल क्लोज गरेसँगै कम्पनीका सीइओसहित ४ जना उच्च पदस्थ कर्मचारीलाई बर्खास्त गरेका हुन्।