AnonymousUser

Logout

रफाहमा कारबाही थाल्ने इजरायली डिफेन्स फोर्सको तयारी

इजरायली सेनाले रफाहमा सैन्य कारबाही गर्ने तयारी थालेको छ। इजरायलले कारबाही शुरू गरेपछि गाजाका विभिन्न भागबाट शरण लिन पुगेका १४ लाख मानिसहरू रफाहमा रहेको बताइएको छ।

खर जोगाउन गोज्दा जलेर आमाछोराको मृत्यु

आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ।

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

सम्झौताहरूको कार्यान्वयनमा जोड दिन एवं आमरण अनशनमा बसेका दीपक भण्डारीलगायतका व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन सरकारलाई आयोगले आग्रह गरिएको छ।

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थपेको छ।

हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य

पहुँचका आधारमा हिरासत छल्न स्वास्थ्यलाई बहाना बनाउने प्रवृत्ति रोक्ने सम्बन्धमा काउन्सिलले दिएको सुझावका आधारमा गृह मन्त्रालयले तीनबुँदे निर्णय गरेको छ।

जसपा नेपालबाट विभाजित भई बनेको दल निर्वाचन आयोगमा दर्ता

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक दल दर्ता गर्ने निर्णय गरेको हो।

नेप्से परिसूचक १५.६२ अंकले घट्यो, कारोबार २ अर्ब ८९ करोडमा सीमित

सोमबार नेप्से परिसूचक १५.६२ अंकले घट्दै १९५८.७५ को विन्दुमा सीमित भएको छ।

नाकाका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखिको तलब

सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुलामा गरी चार स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ। हेल्थ डेस्क स्थानीय तहहरूले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्छ।

जनकपुरधाममा हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटियो ८० लाख

सोमबार दिउँसो तीन जनाले पेस्तोल देखाएर धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन्।

गण्डक जलविद्युत् केन्द्रको उत्पादन २ महिनादेखि ठप्प, दैनिक ८ लाख घाटा

भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले गण्डक जलविद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै पानी नपठाउँदा विद्युत् उत्पादन बन्द भएको छ।

फ्लाइओभर निर्माणमा लापरबाहीले सर्वसाधारणलाई जोखिम (तस्वीरसहित)

निर्माणस्थल फलाम र जस्ताले ढाकिएको छ। त्यहाँबाट फलामका रडहरू बाटो नै छेक्ने गरी बाहिर निस्केका छन्। 

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

करदाता सेवा कार्यालयहरूबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ।

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

बाराका किसानले विभिन्न प्रकारका दलहन खेती गरी १० अर्ब बराबरको कूल १० हजार ३५ मेट्रिकटन दलहन उत्पादन गरेका छन्।

सर्वोच्चको निर्णयले होटेल तथा पर्यटन श्रमिक मारमा, आन्दोलन गर्ने चेतावनी

होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क (सर्भिस चार्ज)को अन्त्यसँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन्।

विश्वकप क्रिकेटको सहआयोजक वेस्ट इन्डिजलाई आतंकवादी हमलाको धम्की

टी–२० विश्वकप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यहीबीच सहआयोजक वेस्ट इन्डिजमा आतंकवादी हमलाको धम्की आएको छ।

संरक्षण थालिएको ताल नै सुकेपछि...

गाउँमा जथाभावी सडक निर्माण र तालमा सिमेन्टको पर्खाल लगाएपछि पानी रित्तिएको स्थानीय बताउँछन्।

इजरायलमा अल जजिराको प्रसारण बन्द, कार्यालयबाट सामान जफत

हमास युद्धको बारेमा गर्दै आएको रिपोर्टिङप्रति असन्तुष्टि जनाउँदै इजरायल सरकारले अल जजिराको प्रसारणमा प्रतिबन्ध लगाएको हो।

बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो

लामो समयको सुक्खा खडेरी, जंगलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरूको लापरबाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ।

आईपीएल: लखनउलाई ९८ रनले हराउँदै कोलकाता शीर्ष स्थानमा

टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनाएको थियो। जवाफमा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो।

कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको  छ।