चितवनको साहारा बचत सहकारीको रकम ठगी मुद्दामा बुधबार चलेको थुनछेक बहस नसकिएपछि भोलि फेरि उपस्थित गराउने गरी लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो।
बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २ हजार ७११.४५ को बिन्दुमा कायम भएको हो।
पाँच खेलमा छ अंकका साथ नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ भने पाँच खेलमा अंकविहीन नेपाल तालिकाको अन्तिममा छ।
अवैध आप्रवासीलाई देशनिकाला गर्न सैन्य विमान प्रयोग गरिएको देशमा भारत पनि परेको छ। यसअघि ग्वाटेमाला, पेरु र होन्डुरसका अवैध आप्रवासीलाई यसैगरी देशनिकाला गरिएको थियो।
किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएको नगरपालिकाले महसुल तिरेको छैन। गहुँ सिँचाइ गर्ने मुख्य समयमा कृषि मिटरको लाइन काटिएपछि किसान समस्यामा परेका छन्।
यूएसएडले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरातअघि शुरू हुने जनाएको छ।
सन् १९४० को दशकदेखि फाट्टफुट्ट नेपाली अमेरिका जान थालेका थिए। अहिले त्यहाँ साढे ३ देखि ४ लाख नेपाली छन्। ट्रम्पले ल्याएको नयाँ आप्रवासन नीतिले कति नेपाली प्रभावित हुन्छन्? के उनीहरू घर फिर्नुपर्छ?
नेपालका लागि पूजा महतोले अविजित ६२ रनको अर्धशतकीय पारी खेलिन्। ५१ बल खेलेकी उनले ५ चौका प्रहार गरेकी थिइन् ।
सम्झौता अनुसार पुल निर्माण २०७० सालमा सक्नुपर्ने थियो। निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि सरकारले ठेक्का रद्द गरेको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले जितेर ब्याटिङ रोजेकी छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य तोलाको १ लाख ६६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ।
दशरथ रंगशालाको विकल्पका रूपमा राष्ट्रिय खेलकुद परिषद्ले २८ करोड रुपैयाँ खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको थियो।
स्टोनियाका अधिकारीले ई–गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी विज्ञलाई पठाएर सरकारी कर्मचारी, निजी क्षेत्र तथा विश्वविद्यालयमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीलाई तालिम दिन सकिने बताएका छन्।
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ।
माघ अन्तिम सातासम्म पनि तराईमा हुस्सुले छाडेको छैन। हिउँदमा हुस्सु लाग्नु स्वाभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन्।
केबलकार स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी माघ २७ गतेको वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ।
बजेट कार्यान्वयनका असमझदारीलाई सहमतिबाटै समाधान गरी प्रदेशसभा नियमित रूपमा सञ्चालन गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएका छन्।
महान्यायाधिवक्ता कार्यालयले चौधरी ग्रुपबाट सरकारी स्वामित्वमा फिर्ता ल्याइएको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा मुद्दा नचल्ने निर्णय गरेको छ।
काठमाडौँ भित्रिने प्रमुख सात सडकमध्ये अहिले कुनै सद्दे छैनन्। बाढी र पहिरोले भत्काएका कतिपय सडक बनाउने सुरसार नै छैन, कतिपयमा मर्मत र स्तरोन्नति सुस्त छ।
दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर मंगलबार साँझ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।