भारतमा आयोजना हुने साफ यू१९ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा परेका छन्।
मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको मंगलबारको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका सहायक निरीक्षक (असई) वीरेन्द्र यादवको मृत्यु भएको छ।
पाकिस्तानी सशस्त्र समूह बलुच लिबरेसन आर्मीले ४०० भन्दा बढी यात्रु सवार रेललाई नियन्त्रणमा लिएको दाबी गरेको छ।
‘बृहत् सुनुवाइ आवश्यक’ भन्दै पूर्ण इजलासमा पठाउने सर्वोच्चको आदेशपछि द्वन्द्वमा बालसैन्य प्रयोग गरेको दाबीसहित माओवादी अध्यक्ष दाहाल र तत्कालीन नेता भट्टराईविरुद्ध दायर मुद्दाले धेरैको ध्यान खिचेको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको सांसदहरूको धारणा छ।
मंगलबार नेप्से परिसूचक १.१७ प्रतिशतले घटेर २७१९.२० को विन्दुमा कायम भएको छ।
स्थानीय भन्छन्, ‘गाउँमा संरक्षण गर्ने मान्छे छैनन्, युवा जति सबै शहर र विदेशमा छन्, गाउँमा भएका बुढापाकाले काम गर्न सक्दैनन्, त्यसैले प्राचीन सम्पदाहरूको संरक्षण हुन छाडेको छ।’
अन्तर्राष्ट्रिय अपराध न्यायालयले पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेविरुद्ध मानवताविरुद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पाँच वर्षअघि निर्माण थालिएको भवनको दुई तला संरचना बनेपछि महानगरले रोक लगाएको थियो। त्यही दुई तलालाई अन्तिम रूप दिने प्रक्रिया थालेका वडाध्यक्ष भन्छन्, ‘महानगर आफ्नै हो, नक्सापास पछि भइहाल्छ।’
नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन्। तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन्।
फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन्। १०० घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि जोखिममा छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
यस अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३६ अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो।
कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ।
प्रशासनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र आसपासका क्षेत्रमा भेला, जुलुस प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न रोक लगाएको छ।
महिला टी२० शृंखलाअन्तर्गत सोमबारको खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको छ।