उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको छ। गाउँबाट होस् वा शहरबाट युवाहरूको जमातले बुकीपाटन उक्लिने पदमार्गमा चहपलह देखिन थालेको छ।
कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
गाजामा करिब २० लाख बासिन्दा युद्धका कारण अत्यन्तै कठिन मानवीय परिस्थितिको सामना गरिरहेका छन्।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मटितेलमा १ रुपैयाँका दरले मूल्य घटाउने छ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा घाँस काट्न गएका एक दम्पतीको पहिरोले पुरिएर मृत्यु भएको छ।
पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक मंगलबारबाट एकतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ लाख नक्कली नोट र ठूलो मात्रामा अफिमसहित नक्कली नोट छाप्ने तथा लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ।
अख्तियारले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यसहित तीन जनालाई २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ।
सुक्खायाममा काठमाडौँ प्रायः विश्वका प्रदूषित शहरमध्येमा पर्छ। मनसुनमा पनि यहाँको हावा पूर्ण स्वस्थकर छैन। मानवीय कारण हुने प्रदूषण रोक्न कानून र मापदण्डहरू भने बनेका छन्, तर किन कार्यान्वयन हुँदैन?
राजकुमार गुप्ताको राजीनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदले निर्माणाधीन सुरुङ मार्ग, खानेपानी, सिँचाइ, मलखाद र छाउपडी उन्मूलनका लागि छाउगोठ भत्काउने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा कायम भएको छ भने नौ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल अध्यक्षमा नियुक्त भएका छन्।
दार्चुलाको व्यास गाउँपालिका-२ दुम्लिङमा महाकाली तरेर भारततर्फ जानेक्रममा तुइन चुँडिदा एक जना नदीमा खसेर बेपत्ता भएका छन्।
'भिजिट भिसा' र मन्त्रीको घूस प्रकरणको अडियो टेपबारे छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपा र राप्रपाका सांसदहरूले संसद्मा माग गरेका छन्।
सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सिनेट बैठकले एक अर्ब ५४ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ।
ट्रम्पले ओभल अफिसमा नाटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियारसम्बन्धी सम्झौताको घोषणा गरेका छन्।
आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको मन्त्री गुप्ताले बताएका छन्।
रोशी खोलामा गत वर्षको असोजमा आएको बाढीले बस्तीमा क्षति पुगेको थियो। खोला किनारको बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै छ।
बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।