कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
छापावाल सुन तोलाको १ लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
धौलागिरि आधार शिविर जाने पदमार्गमा पर्ने कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा अक्करे भिर पार गर्न डोरी र खरको गाँजको सहारा लिनुपर्छ।
प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजन रेलमा चढ्न जम्मा भएका बेला भागदौड भएको थियो।
काठमाडौँ उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ।
चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको स्थानीयले बताएका छन्।
तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आयल निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ।
संयुक्त राष्ट्रसंघकाे शान्ति स्थापना कार्यअन्तर्गत लेबनानमा खटिएका शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको लेबनानी अधिकारीहरूले बताएका छन्।
बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ।
पुलिस क्लबलाई पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले आहा रारा कपको उपाधि जितेको छ।
वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ।
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुटेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
इजरायली हिरासतमा रहेका ३६९ प्यालेस्टिनीको रिहाइको बदलामा हमासले शनिबार थप तीन जना बन्धकलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएको छ।
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन्।
शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन नसकिएको स्थानीयले बताएका छन्। आगलागीका कारण उक्त क्षेत्रमा रहेका १०० भन्दा बढी भेडीगोठ जोखिममा छन्।
शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेबनानी सरकारलाई घटनाको अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ।
घरआँगनमै गाडी गुड्ने सडक छन्। नजिकै विद्यालय छ। संघीयता कार्यान्वयनमा आएसँगै विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो।
प्रदेश अस्पताल कुस्मामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा मोतीबिन्दुका १५४ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।
याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुँदै म्याग्दीतर्फ जाने र आउने बाटोमा पर्छ। यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि आउने पर्यटकलाई सहज हुनेछ।