पाँच अर्ब डलरको एकीकृत कार्यक्रम सन् २०३०–३१ सम्म जारी रहनेछ। यसले विगतका विभिन्न योजनालाई एकीकृत गर्दै साना तथा मध्यम उत्पादकलाई सस्तो व्यापार वित्त दिएर अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गर्न सहजीकरण गर्नेछ।
डेडिकेटेड र ट्रंक लाइनको प्रिमियम महसुल बक्यौताबापत ३५ उद्योगबाट नेपाल विद्युत् प्राधिकरणले २३ करोड ८७ लाख रुपैयाँ असुल गरेको छ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य निकायमा भएका तोडफोड र आगजनीबाट भएको क्षतिको एकीकृत विवरण यथाशीघ्र अद्यावधिक गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएकी छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गड्डाचौकी–अत्तरियालाई स्तरोन्नति गरी चार लेनको सडकका रूपमा विस्तार गर्न सडक विभागले बुधबारदेखि स्थलगत अनुगमन तथा अध्ययन शुरू गरेको छ।
बिहीबार नेप्से परिसूचकमा मा सामान्य सुधार भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
आन्दोलनपश्चात् छाएको राजनीतिक अस्थिरताका कारण नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ।
नेपाल स्काउटको लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गामा खड्का ल्यान्ड डेभलपर प्रालिले निर्माण गरेका अनधिकृत संरचनाहरूलाई काठमाडौँ महानगरपालिकाले भत्काएको छ।
यस घटनाले भारतको राजधानीकै सुरक्षामा प्रश्न उठाएको मात्र नभई कश्मीर विवाद र भारत–पाकिस्तान सम्बन्धमा पुनः अशान्ति निम्त्याउने संकेत पनि देखिएको छ।
साथै, खापुङले काठमाडाैँ उपत्यका छाड्न पनि आयोगको स्वीकृति लिनुपर्नेछ।
नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने बहानामा ठगीधन्दा भइरहेको जानकारी प्राप्त भइरहेको दूतावासले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ।
सटडाउनले हजारौँ संघीय कर्मचारीलाई तलबविहीन बनाएको थियो। यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए।
बोलपत्र प्रक्रियामा सहभागी हुनका लागि जम्मा एक दिनको समय दिइएको छ। जबकी, सार्वजनिक खरिद् ऐनअनुसार कम्तिमा पनि ३० दिन समय दिइनुपर्ने व्यवस्था छ।
‘भ्रष्टाचार नियन्त्रण र सुशासन बहाली’को नारासहित भएको जेन–जी आन्दोलनको जगमा गठित सरकारले भ्रष्टाचार नियन्त्रणमा धेरैथोक गर्नै पर्दैन, प्रधानमन्त्री मातहतको सतर्कता केन्द्रलाई चलायमान बनाए पुग्छ।
पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो। जग्गामा खड्का ल्यान्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ। त्यस्तै, 'माई च्वाइस' नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ।
बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ।
लस्ती–बेनी खण्ड मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो।
हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ती शिक्षिकाले भारतको विहार संस्कृत शिक्षाबोर्डबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएकी थिइन्।
इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि अवलोकनका लागि चिडियाखानामा राखिएको हो।