कांग्रेस नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसले देशको नेतृत्व गर्ने मौका पाए संघीयता कार्यान्वयन र सुशासनका क्षेत्रमा जनताले महसुस हुनेगरी काम गर्ने बताएका छन्।
सत्ता गठबन्धनले प्राथमिकतामा नराखेपछि लोसपा नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने भएको छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताएका छन्।
अमेरिकामा रहेका नेपालीहरूको फुटबल प्रतियोगिता ओहायो इन्ट्रा कपमा एफसी युनाइटेड फाइनलमा पुगेको छ। यस प्रतियोगितालाई प्रवासी नेपालीहरूको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा लिइन्छ।
कोरियाबाट फर्किएकाको स्थिर पुनः एकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि कोरिया सरकारले नेपाललाई एक करोड ६० लाख अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने भएको छ।
पुरातत्त्व विभागले बनाएको अध्ययन समितिले टुकुचा खोलामा वीरशमशेरको शासनकालमै सुरुङ बनेको प्रारम्भिक निष्कर्ष निकालेको छ।
नागरिकता विधेयक पारित नगरेको भन्दै राष्ट्रपतिविरुद्ध परेको रिटको प्रारम्भिक सुनुवाइ असोज ९ गते मात्रै हुने भएको छ। राष्ट्रपतिको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट परेका छन्।
निर्वाचन ऐनमा प्रदेशसभाको कार्यकालबारे स्पष्ट व्यवस्था नहुँदा अन्योल देखिएको छ। खासगरी सपथग्रहण गरेको दिनलाई अन्तिम मान्ने कि, प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई भन्नेमा अन्योल देखिएको हाे।
तिब्बत क्षेत्रमा रहेको कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीको पवित्रस्थल हो। पछिल्लो समय नेपालबाट मानसरोवर जाने दर्शनार्थीको संख्या बढेपछि यस क्षेत्रको आर्थिक गतिविधि समेत बढेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।
राष्ट्रसंघीय महासभामा नयाँ पुस्ताका नेताले विश्व राजनीतिका चुनौती र समाधानबारे धारणा राख्दै विकासशील देशमा धनी मुलुकको हस्तक्षेप स्वीकार्य नहुने तर्क गरेका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावितहरू जनजागरण सामुदायिक वनमा त्रिपाल टाँगेर ओत लागेर बस्ने गरेका छन्।
काठमाडौं उपत्यकासहित देशभर १६ हजार ६ सय ६३ जनामा डेंगी संक्रमण देखिएको छ। जसमध्ये काठमाडौँ महानगरपालिकामा संक्रमितको संख्या सबैभन्दा धेरै छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ। पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलकुदमा १० हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथि सहभागी हुनेछन्।
भवनको अभावमा कुनै समय छाप्रोमा पठनपाठन गराएको बाग्लुङ निसीखोलाको प्रभा माध्यमिक विद्यालय अहिले जिल्लाकै नमुना बनेको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धलाई तीव्रता दिने तयारी स्वरूप थप ३ लाख सैनिक खटाउने घोषणापछि मस्कोसहित ३८ सहरमा विरोध प्रदर्शन भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले कानून मिचेको बताएका छन्। उनले देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन सरकारलाई चेतावनी समेत दिएका छन्।
सरकारले सीमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडीएमएस लागू गरेको भन्दै अधिकारकर्मीले दाबी गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवा नै रूपान्तरणकाे आधार भएकाे बताएका छन्। आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको समेत उल्लेख गरेका छन्।
मनाङका विद्यालयमा आवश्यक संरचनाका साथै पर्याप्त शिक्षक भए पनि अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून छन्।