AnonymousUser

Logout

घोषणापत्र सार्वजनिक गर्दै एमाले

एमालेले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ। दिउँसो १ः३० बजे होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नेछन्।

संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा सेनालाई

जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनालाई दिइएको छ।

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ।

युक्रेनमा रुसी आक्रमण तीव्र, विद्युत् आपूर्ति र खानेपानी संकट

रुसले युक्रेनमा ऊर्जा र जलक्षेत्र लक्षित आक्रमण तीव्र पारेको छ। आक्रमणसँगै युक्रेनको राजधानीका ८० प्रतिशत बस्तीमा खानेपानी तथा विद्युत आपूर्ति बन्द भएको छ।

नारायणी नदीमा डुंगा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते

वनभोज खाएर फर्कँदै गरेका युवा चढेको डुंगा दुर्घटनामा परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

आजको मौसम : आशिंक बदली तथा हल्का वर्षाको सम्भावना

देशका अधिकांश भूभागको मौसम सफा रहने विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ। 

युक्रेनले खाद्यान्न निर्यातलाई निरन्तरता दिने, इथियोपियालाई पठायो ४० टन अन्न

गत फेब्रुअरीमा युद्ध शुरु गरेपछि रुसी जलसेनाले युक्रेनबाट निर्यात हुने सामग्रीमा प्रतिबन्ध लगाउँदै आएका थिए। रुसी प्रतिबन्धका कारण युक्रेनको २ करोड टन खाद्यान्न निर्यात हुन पाएको थिएन।

उडान रद्द भएर काठमाडौंमै अलपत्र परेका यात्रुलाई दिल्ली लगियो

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौं–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए।

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्रमा सुजातालाई कत्तिको सहज?

हालको मोरङ २ नम्बर क्षेत्र तत्कालीन क्षेत्र नं १ हुँदा गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेका थिए।

यात्रु अलपत्र पारेको नेवानिले माग्यो माफी

विमानस्थलमा यात्रु अलपत्र पार्ने गरी नयाँदिल्लीका लागि दुई उडान रद्द भएपछि नेपाल वायु सेवा निगमले माफी मागेको छ।

आयातमा लगाइएको प्रतिबन्ध हटाउन विश्व बैंकको सुझाव

विद्युत‍्को आन्तरिक खपत बढाउनुपर्ने, नेपाल–भुटान–भारत–बंगलादेशसँगको क्षेत्रीय व्यापार बढाउन नेपाल र भुटानमा थप आयोजना निर्माण गर्न प्रतिवेदनमा सुझाव दिइएको छ।

ब्राजिलको राष्ट्रपतिमा लुला निर्वाचित

लुलाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका छन्।

प्रधानमन्त्री कप : पुलिस र गण्डकीको जित 

नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्।

एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

एमालेले साउन २६ मा अध्यक्ष ओलीको संयोजकत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो।

सोमबार नेप्से १६.३९ अंकले बढ्यो

सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँबराबरको कारोबार भएको छ।

आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगिन् तोसिमा

आज मुद्दा दर्ता भए भोलि नै बहस हुनसक्ने सर्वोच्च स्रोतले जानकारी दियो। तोसिमाको तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले बहस गर्नेछन्।

सन्दीप लामिछानेविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता

सरकारी वकिलको कार्यालयले बलात्कार कसुरमा उनलाई १० देखि १२ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको हो।

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने धारणासहित केन्द्र र स्थानीय गरी २ तहको सरकार हुनुपर्ने शासकीय संरचना अघि सारेको छ।

नेकपा (एस) ले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिएका हुन्।

प्रसूति सेवा हुनु त यस्तो पो !

प्रसूति सेवाका लागि निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ।