नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता कार्यान्वयन नगरे सहकार्य तोडिने बताएका छन्।
काठमाडौँ महानगरले दैनिक उठाउने करिब ६०० मेट्रिक टन फोहोर ककनी-२ सिसडोल पठाउँछ। तर, यता महानगरले फुटपाथमा व्यापार रोकेपछि ककनीका किसानले स्ट्रबेरी बेच्न समस्या भोग्नु परेको छ।
नेपाल टी–२० लिगमा मिलेमतो र स्पट फिक्सिङ लगायतका गतिविधि भएको खबर बाहिरिएपछि आईसीसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको छ।
राष्ट्रपति भण्डारीले नेपाली श्रम, सिप र कच्चा पदार्थबाट उत्पादित सामग्रीको निकासी प्रवर्द्धन गर्न सके मात्र चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन्।
फारवेस्टले दिएको १९८ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन मात्रै बनाउन सक्यो।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते दिउँसाे ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले वेदुराम भुसालको नेतृत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गर्ने बैठकले निर्णय गरेको बताए।
कार्यदल संयोजक विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमको ड्राफ्टमा बुँदागत छलफल गरी शुक्रबारसम्ममा अन्तिम रूप दिने बताए।
प्रधानमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदै छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको सचिवमा तोयम रायालाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रतिबन्ध कायमै रहेपछि बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीले एट्लेटिको मड्रिडविरुद्ध आइतबार हुने खेल गुमाउने भएका छन्।
काठमाडौँमा दैनिक करिब ५०० मेगावाट विद्युत् खपत हुन्छ। प्राधिकरणको आग्रहबमोजिम खपत बढे करिब १ हजार मेगावाट विद्युत आवश्यक हुन्छ। हिउँदमा अहिले चक्रपथभित्रै प्राधिकरणको वितरण प्रणालीले नधान्ने अवस्था छ।
एन्फाले आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सहभागी हुन ११ क्लबले दर्ता फारम बुझाएको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बाेडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग बिहीबार भेट गरेका छन्।
११० सदस्य रहेको बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन चाहिन्छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो।
१८ वर्ष अघि त्रिभुवन गोल्डकपको अन्तिम संस्करण भएयता मेची रंगशालामा फुटबलको कुनै प्रतियोगिता भएको छैन। भद्रपुर झापा गोल्डकप हुने भएपछि स्थानीय मैदानको जिर्णाेद्धारमा जुटेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट पारेका छन्।
दुई दशक अगाडिसम्म सुनसान गाउँ रहेको खौलारा अहिले बजार बनेको छ। मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गएपछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन्।