उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
आगामी प्रिमनसुनको अवधिमा पनि वर्षा सरदरभन्दा कम हुने आकलन गरिएको छ।
शहरी विकास मन्त्रालयअन्तर्गत सहरी करिडोर आयोजनाको १२ करोड ४० लाख रकमान्तर गरी बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माणका लागि रकमान्तर गरिएको छ।
विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले न्यौपाने र गुरुङसहित ११ जनाविरुद्धको भ्रष्टाचार ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोकेको छ।
उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन्।
कांग्रेस नेतृत्वमा बनेको आठ दलीय सत्ता गठबन्धनमा मधेश केन्द्रित तीन दल पनि सामेल छन्। तर यी दलबीच सुमधुर सम्बन्ध छैन। निर्वाचनपछि सरकारलाई प्राथमिकतामा राखेका यी दलबीच कुनै पनि मुद्दामा छलफल भएको छैन।
रास्वपाले सातमध्ये ६ वटा प्रदेशको सभापतिको नाम सार्वजनिक गरेको छ।
मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ।
सुनसरी प्रशासनले सेवाग्राहीलाई ध्यान दिँदै कार्यालयभित्रबाटै निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ।
उद्योगबाट निस्केको फोहोर सिर्सिया नदीमा फाल्ने तीनवटा ट्याक्टरलाई वीरगन्ज महानगरपालिकाले कारबाही गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बिस्तार राष्ट्रपति निर्वाचनपछि मात्रै गरिने बताएकी छन्।
आफन्त र छिमेकका बालबालिका बाबुआमासँग डाक्टर, इन्जिनियर बन्ने सपना सुनाउँथे। कसैको सपना लाहुरे बन्ने हुन्थ्यो। तर उत्तम आमासँग आफू 'धोनी' बन्ने सपना सुनाउँथे, जो अहिले उमेर समूहको राष्ट्रिय टिममा छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएकी छन्।
कारोबार भएका १३ उपसमूहको सेयरमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहमा गिरावट आएको छ।
ललितपुरमा निर्मित च्यासल रंगशालाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्ष खेलकुदको बजेटमा बढोत्तरी गर्ने घोषणा गरेका हुन्।
रुसी आक्रमणबाट बाख्मुत शहरका संरचना ध्वस्त बनिरहेको र त्यहाँको जनजीवन कठिनपूर्ण बन्दै गएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।
दलहरू फेरिने भए पनि सरकार नफेरिएकाले जनमत पार्टी सरकारमा यथावत् रहेको उनले स्पष्ट पारे।
नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नभएको बताएकी छन्।
नेपालले मलेसियाले दिएको ७३ रनको लक्ष्य ९ ओभरको समाप्तिमा विकेटको क्षतिबिना पूरा गर्यो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने बताएका छन्।