AnonymousUser

Logout

रोहित पौडेल नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त

क्यानले रोहितको कप्तानीमा आगामी २८ गतेदेखि युएईविरुद्ध हुने ओडीआई सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ।

रुसले युक्रेनको खेरसन क्षेत्रबाट ३० हजार सैनिकलाई फिर्ता बोलायो

खेरसन क्षेत्रमा आफ्नो अभियान सफल भएको भन्दै ३० हजार सैनिकलाई फिर्ता बोलाउन लागिएको रूसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार बताएका छन्।

त्रिविका क्याम्पस र कार्यालयमा तीन दिन बिदा हुने

बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने बिदा दिने निर्णय गरेको थियो।

पाँच वर्ष पुराना मुद्दा हेर्न छुट्टै इजलास गठन गरिन्छ : कामु प्रधानन्यायाधीश कार्की

उनले पुराना मुद्दालाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीलाई समेत आग्रह गरे।

डेंगी संक्रमितले बर्दिबास अस्पताल भरिभराउ, परीक्षण गर्न किट अभाव

अस्पतालमा जाँचका लागि किट र उपचार प्रबन्धका लागि थप औषधिको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। 

४१ वर्षदेखि चुनाव लड्दै अर्जुननरसिंह : पञ्चायतदेखि गणतन्त्रसम्म निरन्तर उम्मेदवार

संसदीय निर्वाचनमा ४१ वर्षदेखि नुवाकोटबाट निरन्तर उम्मेदवार बनिरहेका अर्जुननरसिंह केसी नवौँपटक प्रतिस्पर्धामा छन्। उनी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र तीनै व्यवस्थामा लाभ लिने नेता हुन्।

काठमाडौंमा खुला रूपमा आगो बाल्न र फोहोर जलाउन नपाइने

काठमाडौं महानगरपालिकाले जनस्वास्थ्यसमेत प्रतिकूल असर पर्ने भन्दै खुल्ला ठाउँमा आगो बाल्न र फोहोर लगाउन रोक लगाएको छ।

साफ यू-१५ : बंगलादेशसँग बराबरी खेल्दै नेपाल च्याम्पियन

बंगलादेशकी बीबी रिताको पेनाल्टी नेपालकी गोलकिपर तथा कप्तान सुजता तामाङले उत्कृष्ट बचाउ गरिन्।

प्रधानमन्त्री कप: कीर्तिमानी योगफल पूरा गर्दै आर्मी फाइनलमा

जितका लागि ३०५ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। आर्मीले प्रधानमन्त्री कप इतिहासकै सर्वाधिक ठूलो योगफल पूरा गरेको हो।

पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल : किरण परेनन्, नवयुग फर्किए

पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा फरवार्ड नवयुग श्रेष्ठ, विंगर आयुष घलान, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर निशान खड्काले पुनरागमन गरेका छन्।

राजीव गान्धीको हत्यामा संलग्न ६ जनालाई रिहा गर्न भारतीय सर्वोच्चको आदेश

अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका र उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ।

गुल्मी–२ : पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै

वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जित निकाल्न सहज देखिन्छ।

ब्रिटिस स्कुलका पूर्वशिक्षक स्मिथ बाल यौन दुर्व्यवहारमा दोषी ठहर

बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेस अदालतले थोमस्सेज ब्याटरसी विद्यालयका उपप्रमुख म्याथ्यु स्मिथलाई बालयौन दुर्व्यवहारमा दोषी ठहराएको छ।

इङ्ग्यान्डसँग पराजित भएपछि भारतीय प्रशिक्षक द्रविडलाई 'ब्रेक'

प्रशिक्षक टोलीसँगै रोहित शर्मा, विराट कोहली र केएल राहुललाई पनि भारतीय टोलीबाट आराम दिइएको छ।

जसपा र लोसपा भन्दा बढी सिट हाम्रो आउँछ : सीके राउत

जनमत पार्टीले आसन्न निर्वाचनमा शिक्षा, स्वास्थ्य र रोजगारी आफ्ना मुख्य मुद्दा भएको बताएको छ।

सीताले दोस्रो संस्करणको ‘फेयर ब्रेक इन्भिटेसनल टी–२०’ क्रिकेट प्रतियोगिता खेल्ने

गतवर्ष फेयर ब्रेकमा टोर्नाडोस वुमेन्सबाट खेलेकी सीता रानामगर हङकङमा २०२३ अप्रिलमा आयोजना हुने दोस्रो संस्करणको फेयर ब्रेकमा रिटेन भएकी हुन्।

ग्रेडर मेसिन हाँक्दै अनिता

निर्माणको क्षेत्रमा काम गर्न कठिन भएपनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको अनिताको अनुभव छ।

रुवान्डाले गर्‍याे ९ वर्षमा १ लाख २६ हजार टन कार्बन कटौती

रुवान्डाले सन् २०१३ यता गरेकाे जलवायुसम्बन्धी रणनीतिक लगानीले कार्बन उत्सर्जन कटौती गर्न मद्दत गरेको छ।

कुवेतमा अलपत्र सात नेपालीको उद्धार

तलबसमेत नपाएर अलपत्र गरेका विवेकराज यादव, एकवाल जोल्हा, इजहार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशीकाे उद्धार गरिएकाे छ।

पोर्चुगललाई सेमिफाइनल पार गरेर इतिहास बनाउन रोनाल्डोको भर

च्याम्पियन्स लिगको इतिहासमा १४० गोल गर्दै कीर्तिमान बनाएका र रियल मड्रिड, युभेन्टस, म्यानचेस्टर युनाइटेडजस्ता विश्वका ठूला क्लबबाट खेलिसकेका रोनाल्डोले पोर्चुगललाई सन् २०१६ मा युरोकप जिताएका थिए।