सोमबार सम्पन्न खेलमा पपुवा न्यू गिनीलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोट सिधै खेल्ने सम्भावना कायम राखेको छ।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पीएनजीले नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले माओवादीको तत्कालीन सशस्त्र संघर्षबारे नकारात्मक टिप्पणी गरिरहँदा त्यहाँ रहेका पूर्वमाओवादी नेता असन्तुष्ट छन्। तर कसैले पनि खुलेर बोल्न सकेका छैनन्।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पपुवा न्यू गिनी संकटमा देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अहिलेको परिस्थितिको मूल्यांकन गरिरहेको भन्दै तत्काल सरकारमा सहभागी नहुने बताएका छन्।
कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहिलो कार्यकालमै गाउँगाउँमा विकास पुर्याएको बताएका छन्।
आरआरआर फिल्मको नाटू-नाटू गीतले अस्करमा बेस्ट ओरिजनल सङको उपाधि जितेको छ।
पाल्पा रामपुरस्थित सीताराम माध्यमिक विद्यालयले माना, पाथी, हलो, जुवाँ, डोको, नाम्लो, ठेका, ठेकीलगायतका पुराना सामग्री संग्रहित गर्न थालेको छ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (आज) कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिँदैछन्।
सोमबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मोन्टी देसाईले प्रशिक्षण सम्हालेयता खेलेका १० खेलमध्ये ९ खेलमा नेपाल विजयी भएको छ। कप्तान रोहित पौडेल प्रशिक्षकले फ्रिडम दिँदा ब्याटिङ सुधारिएको बताउँछन्।
आइतबार सम्पन्न अन्तिम खेलमा नर्दन मारियाना आइल्यान्डलाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह 'बी' को विजेता बनेको छ।
काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले नेपालभाषाको पाठ्यक्रम भाषा पढाउन नभई काठमाडौँको मौलिकता बुझाउन लागू गरिएको बताएकी छन्।
राणा र पञ्चायती शासन ढाल्न मात्र नभई २०४६ सालपछि शैक्षिक र जनजीविकाका मुद्दामा विद्यार्थी संगठनले नेतृत्वदायी भूमिका खेले। अहिले भने क्याम्पसमा हुने अराजक गतिविधमा विद्यार्थी नेता नै संलग्न हुन्छन्।
'ए' डिभिजन लिगमा मछिन्द्रले मनाङलाई रोक्दै अंक तालिकामा खाता खोलेको छ भने आर्मीले एनआरटीसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
बिहाबारीका लागि तमसुक र ८ विघा जग्गा धितो राखेर १२ वर्षअघि साहुबाट २५ लाख कर्जा लिएको, वर्ष नपुग्दै चुक्ता गरेको सप्तरीको एक परिवारले जग्गा फिर्ता लिन १३ करोड तिर्नुपर्ने ‘उर्दी’ पाएको छ।
माओवादी धारका नौ राजनीतिक दलहरूले कानून परिमार्जनसहित आयोगहरूलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन्।
इजरायली सैन्य बलको आक्रमणबाट वेस्ट ब्यांकमा तीन प्यालेस्टिनी बन्दुकधारीको ज्यान गएको छ।
इजरायल सरकारले अघि सारेको न्यायिक सुधारको योजनाविरुद्ध लाखौँ जनता सडकमा ओर्लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका चारै जना उम्मेदवारको मनोनयन कायम गरेको छ।