डा. रुइतले संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा ताप्लेजुङलाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको बताएका छन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ।
यूएईले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक ओडीआई सिरिजका लागि टोली घोषणा गरेको छ।
खानेपानीका पाइप र धारादेखि बाथरुममा आउने समस्या तथा विजुली लगायतका समस्या समाधानका लागि नेपालगञ्जमा ‘तुरुन्त’ सेवा शुरू भएको छ।
रिटमा दाहाललाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरिएको छ। दाहालले २०७६ माघ १ गते काठमाडौँमा आयोजित कार्यक्रममा भनेका थिए, “१७ हजार होइन, पाँच हजार मान्छे मारेको जिम्मा म लिन्छु।”
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
माओवादी धारका ८ दलले पीडितहरूको पहललाई शान्ति सम्झौता र परिवर्तनका विरुद्ध रहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने बताएका हुन्।
सभामुख घिमिरेले आर्थिक उन्नतिका लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको धारणा राखेका छन्।
आइतबार एक कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी घटक दल र नेताहरूमाथि घेराबन्दी भइरहेकाले एकजुट हुनुपर्ने धारणा राखेका थिए।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राप्रपाले राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये कसलाई समर्थन गर्ने भन्ने निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट गर्ने भएको छ।
प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड पुरानो प्रतिद्वन्द्वी लिभरपुलसँग ७-० गोल अन्तरले पराजित भयो। युनाइटेडको यो हार ९२ वर्षयताकै फराकिलो हो।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपा पार्टी कार्यालय पुगेर अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भेटेर मत मागेका छन्।
एमाले अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका लागि एमाले सबै राजनीतिक दलसँग सहकार्य गर्ने तयार रहेको बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने भएका छन्।
कतारकी राजकुमारी अल थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजंगा, ल्होत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेकी छन्।
आईसीसी लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले घरेलु टोली यूएईलाई २३० रनको लक्ष्य दिएको छ।
कोरोना भाइरसविरुद्धको खोप नलगाएको कारण जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन र युएस ओपन पनि गुमाउनु परेको थियो।
वन्यजन्तुको हैरानीबाट छुटकारा दिलाउन सरकारले विशेष निर्णय गरेर मकवानपुरको मनहरीस्थित रमौलीका ३६३ परिवारलाई १० वर्षअघि स्थानान्तरण गरे पनि न बाली जोगिएको छ, न त ज्यानको जोखिम नै टरेको छ।