बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको छ।
रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय लिने भएको छ।
ओलीले सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउँदिनँ भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे।
वर्षका कारण प्रभावित भएको एसीसी प्रिमियर कपअन्तर्गत नेपाल–यूएईबीचको खेल मंगलबार हुने भएको छ। खेल सोमबारकै (१०६–९/२७.३ ओभर) स्थितिमै शुरू हुने बताइएको छ।
हालसम्म अन्य ३० जना नेपाली कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेको र १९ जना साउदी अरेबियाको जेद्दा शहरमा आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
रुसको क्षेप्यास्त्र आक्रमणबाट युक्रेनमा १९ वटा अग्ला आवासीय भवन, २५ वटा नीजि घर, ६ वटा अन्य विद्यालयसहित पाँच वटा पसलमा क्षति पुगेको बताइएको छ।
कीर्तिपुरमा वर्षा जारी रहेपछि सोमबार एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल हुने सम्भावना न्यून बनेको छ। यदि आज खेल हुन नसके मंगलबार आजकै खेलले निरन्तरता पाउने छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल पुन: शुरू भएको छ। वर्षाले आधा घन्टा खेल रोके पनि ओभर घटाइएको छैन।
भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि बाँकेको जमुनाहा नाका दुई दिन बन्द गर्न लागिएको हो।
एसीसी प्रिमियर लिग अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल र यूएईबीचको फाइनल वर्षाका कारण रोकिएको छ। खेल रोकिनुअघि बलिङमा रहेको नेपालले यूएईलाई दबाबमा राखेको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह मलेसिया, बेल्जियम र नेदरल्याण्ड निर्यात हुन थालेको छ। यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन्।
मुख्य प्रशिक्षक मोन्टी देसाईले आजको खेलमा एक परिवर्तन गरेका छन्। उनले दीपेन्द्रसिंह ऐरीको स्थानमा तीव्र गतिका बलर तथा अलराउन्डर गुलशन झालाई मौका दिएका छन्।
एसीसी प्रिमियर कपको उपाधि विजेता टोलीले भारत र पाकिस्तानसमेत सहभागी हुने एशिया कपमा स्थान बनाउने छ। तर, वर्षाले 'रिजर्भ डे'मा समेत खेल नहुने अवस्था आए वरीयतामा अगाडि रहेको नेपाल एशिया कपमा पुग्नेछ।
भारतको नयाँ दिल्लीस्थित एम्समा उपचार गराएर राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका छन्।
काठमाडौँमा १० दिन पहिले व्यवसायी नीरा पाण्डे आचार्यलाई पसलमै लुटपाट गर्ने क्रममा हत्या गरेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मा क्यासिनो र जुवाको लतले ऋणमा डुबेको अनुसन्धानबाट खुलेको छ।
जिप ओरालो कच्ची बाटोमा अचानक ब्रेक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताए।
मुद्दाको पेसीलाई ‘अटोमेसन’ प्रणालीमा लैजान नेपाल बार एसोसिएसनले आन्दोलनको चेतावनीसहित कामु प्रधानन्यायाधीशलाई पटक–पटक समयसीमा तोके पनि सर्वोच्च अदालतमा त्यस्तो कुनै तयारी छैन।
मुम्बईमा अढाई महिनाको उपचारपछि आइतबार काठमाडौँ आइपुगेका कांग्रेस नेता भण्डारीले सातै प्रदेशमा १/१ वटा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
कृषिमन्त्री भुसालले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि लगानी गर्न सरकारले कन्जुस्याइँ गरेको बताएका छन्।
इमर्जिङ कप जुलाईमा हुनेछ। उक्त प्रतियोगितामा नेपाल, ओमान र यूएईसँगै भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशको ए टोलीले भाग लिने छन्।