मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकाबाट मतगणना थालिएको छ।
प्रारम्भिक मतपरिणामअनुसार यादवले २२४ मत प्राप्त गरेका छन्। उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्।
तत्कालीन गठबन्धनमा रहेका माओवादी केन्द्रलगायत दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत लिएका थिए। बहुमतका लागि ४४ सदस्यको समर्थन आवश्यक पर्नेमा गिरीले ३३ मत मात्र पाए।
एसीसी प्रिमियर कपअन्तर्गत सोमबारको खेल वर्षाका कारण रद्द भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका छन्।
बारामा सर्वदलीय बैठक सकिएको करिब ३ घण्टापछि मतगणना शुरू भएको हो।
कार्यालयमा परेको उजुरी आयोगमा पठाउने, सामाजिक सञ्जालमा प्रयोग गरिएका अशिष्ट शब्दका विषयमा आवश्यक कारबाही गर्ने, मतगणना क्षेत्र मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा राखेर गणना अघि बढाउने सहमति भएको छ।
सेना र अर्धसैनिकबीचको शक्तिसंघर्ष हिंसात्मक बन्दा खार्तुममा आक्रमण र विस्फोटका घटना बढेका छन्। २० हजारभन्दा बढी महिला तथा बालबालिका देश छाडेर भागेको बताइएको छ।
मूलपानी मैदानमा नेपालले पहिलो पटक ५० ओभरको खेल खेल्दै छ। नेपाल र साउदी अरबबीचको खेल बिहान ९ बजेदेखि माथिल्लो मैदानमा शुरू हुने तय थियो।
कांग्रेसका भट्टराई पाँच हजार तीन मतसहित दोस्रो स्थानमा छन्। एमालेका सर्वेन्द्र खनाल दुई हजार ७९७ मत ल्याएर भट्टराईलाई पछ्याइरहेका छन्।
मतगणना स्थलमा प्रत्येक उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने छन्।
सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ४४ करोड २८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ।
रास्वपाका वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका भट्टराईले तीन हजार २३४ मत ल्याएर फछ्याइरहेका छन्।
जारी सिजनमा चेन्नईको यो पाँचौँ जित हो भने कोलकत्ताको पाँचौँ हार हो।
रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन भएपछि मात्रै मतगणना हुनुपर्ने एमाले र कांग्रेस उम्मेदवारको अडानका कारण चितवनमा मतगणना शुरू भएको छैन।
पछिल्लो परिणामअनुसार रास्वपाका स्वर्णिम वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका गोविन्द भट्टराईले दुई हजार ३५१ मत ल्याएर फछ्याइरहेका छन्।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले यही वैशाख १५ गते संसद्बाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका छन्।
विशेष अदालतले हुम्लाका तत्कालीन प्रहरी प्रमुख, डीएसपी त्रिलोकबहादुर चन्द र सई माधवचन्द ठकुरीलाई तीन/तीन वर्ष कैद सजाय र जनही १५ लाख ४५ हजार रुपैयाँ जरिबाना तोकिएको छ।
सत्ता गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुँदै प्रतिनिधिसभाको उपनिर्वाचनसम्म धकेलेका कामको फेहरिस्त लामो छ। सरकार, संसद् र न्यायालयसमेत प्रभावित ती काम पूरा हुन भने अझैँ समय लाग्ने देखिन्छ।
शेर्पा ११ खेलबाट १० अंक जोडेर रेलिगेसन जोनमा रहेको छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बारामा सम्पन्न निर्वाचनको मतपेटिका संलकन भइसकेकाले राति ९ बजेदेखि नै मतगणना शुरू गरिने बताए।