बर्सेनि वसन्त ऋतुमा करिब ३५० आरोही जाँदा आधार शिविरमा मात्रै सरदर ७० टन फोहोर जम्मा हुन्छ। त्यसमध्ये १५–२० टन मान्छेको दिसा मात्रै हुन्छ।
मन्त्री भुसालले आधुनिक समयमा पाखुराको बलमा खाद्यान्न उत्पादनमा वृद्धि गर्छु भन्नु गलत भएको बताए। जतिसक्दो धेरै यन्त्रीकरणमा गएर कृषि उत्पादन वृद्धि गर्न सकिने उनको भनाइ छ।
मंगलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ। उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्दै छ।
एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाउनुपर्ने बताएका छन्।
निगमको सञ्चालक समितिको बैठकले समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ।
म्याग्दीको अन्नपूर्ण–३ दाना सबस्टेसनबाट नवलपरासी पश्चिमको सुनवल–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ।
'बदलाको राजनीति' चल्ने पाकिस्तानमा शाहबाज शरिफ सत्तामा फर्किएपछि इमरान खानविरुद्ध भ्रष्टाचारका दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन्। निर्वाचन आयोगले उनलाई पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ।
सरकारले नक्कली भुटानी शरणार्थीबारे छानबिन अघि बढाएकामा खुशी लागेको तर, प्रधानमन्त्रीले भनेजस्तो फिल्म अझै नदेखिएको अध्यक्ष ओलीले बताएका छन्।
गल्छी गाउँपालिका–८ निबुवा बोटेस्थित एक होटेल सञ्चालकले ग्राहकलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ।
मानव कल्याण आश्रमले छ वर्ष अवधिमा ८५० जनाको उद्धार र उपचार गरेर ४०० जनाभन्दा बढीलाई परिवारमा पुनर्मिलन गराएको छ।
कञ्चनपुरका किसानले रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती थालेका छन्। लगानी र जनशक्ति कम लाग्ने भएकाले खाद्यान्न छाडेर रुखबिरुवा लगाउन थलेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
१५ वर्षको उमेरमा आन्दोलनमा होमिएका कायस्थ २०६२ चैत २७ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका थिए।
बाजुराको बिछ्या केन्द्रबिन्दु भएर बिहीबार बिहान ५: १५ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ।
एसी मिलानलाई २–० ले पराजित गर्दै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
पाण्डेको मोबाइलमा उनले गिरोहबाट लिएको रकम र त्यसबाट खाँणसँग भएको लेनदेन लगायतका अन्य विवरण पनि फेला परेका छन्। ती सबै प्रमाणलाई प्रहरीले अनुसन्धान प्रतिवेदनमा समेट्ने तयारी गरेको छ।
पाकिस्तानका विभिन्न शहरमा भएका प्रदर्शनका कारण त्यहाँ ट्राफिक जाम भएको छ। स्कुल र सार्वजनिक स्थानमा तोडफोड गरिएको छ। पूर्वप्रधानमन्त्री खानलाई सरकारले बेपत्ता बनाएको पीटीआईका नेताहरूले बताएका छन्।
फर्जी व्यक्तिहरूलाई शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको शुरूआत केशव दुलालबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछि गृहप्रशासनकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काम शुरू भएको थियो।
विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मीविरुद्ध लिगका दुवै खेल जितेको छ। बुधबारकै खेलमा मछिन्द्रलाई पराजित गरेको चर्च ब्वाइज लिगको शीर्ष स्थानमा फर्केको छ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाइ तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। खाँण बुधबार नै पक्राउ परेका हुन्।