६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो।
राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा घरजग्गा, सेयर खरिद तथा वित्तीय संस्थामा निक्षेप जम्मा गरेको भेटिए कारबाही हुने चेतावनी दिएको छ।
प्रदेशसभामा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो भागमा तीन मन्त्रालय दिनेबारेमा लिखित सहमति नभएसम्म सभामुखको निर्वाचनमा भाग नलिने अडान लिएको छ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिए।
घट्दो आयात र रेमिट्यान्स आप्रवाहमा वृद्धि हुँदा चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको शोधनान्तर स्थितिमा सुधार देखिएको छ।
रोल्पाका केही स्थानीय तहले कृषिलाई उच्च प्राथमिकतामा राख्दै कृषकलाई क्षतिपूर्ति, अनुदान, बिमा तथा निकासी शुल्क मिनाहा गर्ने नीति अघि सारेका छन्।
फोहोर संकलनमा बिहान भोकै निस्कने मजदुरहरू फोहोर व्यवस्थापन नगरेसम्म भोकै हुन्छन्। फोहोर संकलनका क्रममा बिरामी हुने, चिसो लाग्नेजस्ता समस्या त आम छन्।
सबस्टेशन निर्मार्णस्थलको मुआब्जा लिइसकेका बोझिनीका स्थानीय दलालले ठगेको र हाइटेन्सन लाइन पर्ने क्षेत्रको मुआब्जा नपाएको भन्दै आन्दोलनमा छन्। प्राधिकरण भने सबस्टेशन त्यहीँ बनाउने अडानमा छ।
सन्दीप लामिछाने उच्च अदालत पाटनको आदेशपछि धरौटी रकम बुझाएर थुनामुक्त भएका छन्।
अहिले औद्योगिक क्षेत्रमा मात्र दैनिक ६ देखि ७ सय मेगावाट विद्युत्को माग रहेकोमा बढीमा ५ सय मेगावाटसम्म विद्युत् आपूर्ति भएको प्राधिकरणले जनाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार उपत्यकामा छ दशमलव ५६ प्रतिशत, तराईमा आठ प्रतिशत, पहाडमा सात दशमलव ३२ प्रतिशत र हिमालमा छ दशमलव ४८ प्रतिशत मुद्रास्फीति छ।
नेपाल हस्तकला महासंघको ४२औँ साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्।
बिहीबार प्रतितोला एक लाख तीन हजार ४०० रुपैयाँ रहेको सुन शुक्रबार एक लाख तीन हजार ९०० तोकिएको छ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकासनिर्माण कमजोर पार्नेसँग सरकारले सम्झौता नगर्ने बताएका छन्।
शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित स्थानीयसँग नेपाल विद्युत प्राधिकरणले शुक्रबार दिउँसो वार्ता गर्दै छ।
धनुषाका मूर्तिकारले सरस्वती पूजाका लागि प्रतिमा बनाएर सिजनमा ५० हजार रुपैयाँसम्म कमाउने गरेका छन्।
रियल बेटिसलाई पेनाल्टीमा ४–२ ले हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ।
दुर्घटनामा ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको छ।
बिहीबार भएको निर्वाचनमा कुनैपनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि शुक्रबार पुनः मतदान हुँदै छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायत स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाइरहेका चार जनालाई पक्राउ गरेकाे छ।