दुर्घटनास्थलमा अत्यधिक भिड हुँदा उद्धारमा समस्या भएको छ भने ट्राफिक समेत अस्तव्यस्त भएको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी पत्नी डा. सोना दिवाकर र बच्चासमेत विमान दुर्घटनामा परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए।
दुर्घटनामा परेको यती एयरलाइन्सको विमानले गत पुष ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक डेमो उडान गरेको थियो।
पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
विमानमा लागेको आगो नियन्त्रणमा आएको छैन।
काठमाडौँबाट १०ः३३ मा उडेको एटीआर ७२ विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।
विमानमा आगो लागेको र उद्दार कार्य चलिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।
पोखराको घारीपाटनमा रहेको सीताराम पुलमा विमान खसेको हो। प्रारम्भिक जानकारीअनुसार विमानमा ६८ यात्रु थिए। जमिनमा खसेपछि विमानमा आगो लागेको छ।
पन्ध्रौँ पञ्चवर्षीय योजना कार्यान्वयनको करिब तीन वर्ष बितिसकेको छ। सरकारले २०७६ फागुनमा यो आवधिक योजना लागू गरेको थियो।
आगलागी बारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो।
गत पुस २० गते गृहमन्त्रालयले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएसँगै दाङका सबै क्रसर बन्द भएका छन्।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।
श्रीमान्–श्रीमती मिलेर सञ्चालन गरेको कृषि फार्मको आम्दानी देखेर छिमेकीहरू पनि उनीहरूको सिको गर्न थालेका छन्।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले सत्तागठबन्धनभित्र खेल्न खोजेको निर्क्योलमा पुगेको गठबन्धनको प्रमुख घटक एमाले त्यसबाट सशंकित मात्र छैन, नेताहरूका भनाइमा ‘सचेत’ पनि बनेको छ।
पुलिससँग उपाधि भेट पक्का गर्ने क्रममा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३–१ को सेटमा जित निकालेको थियो।
गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाबारे सत्यतथ्य छानबिन हुने, त्यसमा कैफियत देखिए पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्।
गठबन्धनका उम्मेदवार धिताललाई नेकपा एमालेका २१, माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो।
कांग्रेस महामन्त्री गगन थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरू एकले अर्कोलाई छक्क्याउने, ढाल्ने विषयमा मात्रै केन्द्रित भएको बताए।
जापानको सत्तारूढ दल ‘लिबरल डेमोक्राटिक’का सांसद ताईरा मासाकीसँगको भेटमा प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आउने गरी वातावरण तयार गरिदिन आग्रह गरेका छन्।