चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपालमा प्रधानन्यायालय स्थापना भएको दिन वैशाख २६ गतेलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ।
राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको महासचिव पोखरेलको भनाइ छ।
टुकुचा खोला बहाव क्षेत्रभित्र व्यक्तिका नाममा दर्ता रहेको जग्गा यथाशीघ्र लगत कट्टा गरी सार्वजनिक प्रयोजनमा रहने प्रबन्ध गर्न महानगरले अनुरोध गरेको छ।
परीक्षामा अमर्यादित क्रियाकलाप गरेमा विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाउने गरी कारबाही हुने बोर्डले जनाएको छ।
सोमबार रुसले युक्रेनका विभिन्न क्षेत्रमा करिब ६० वटा ड्रोन आक्रमण गरेको थियो। ती सबैलाई ड्रोन हानेर खसालिएको युक्रेनले जनाएको छ।
कोलकत्ता ११ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ। समान अंक रहेको पन्जाब सातौँ स्थानमा छ।
श्रीलंकाको पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिलमा श्रीलंकाले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताए।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउने तर आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि निष्पक्ष छानबिन गर्न दबाब दिएको बताएका छन्।
संवैधानिक परिषद्को बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताए।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका छन्।
नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैँ कटिबद्ध रहेको श्रेष्ठको भनाइ छ।
‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सले खुमलटारलाई पराजित गर्दा अर्को खेलमा विभागीय टोली पुलिसले मनाङ मर्स्याङ्दीसँग अंक बाँडेको छ।
सडकमा व्यवसाय गर्नेका साइकल र ठेला जफत गरेर महानगरले सिधै कवाड बनाउने गरेको छ। महागर प्रहरीले जफत गरेका सामान अपचलन गर्ने र माग्न जानेलाई अमर्यादित व्यवहार गर्ने व्यवसायीको गुनासो छ।
अमेरिकी नागरिकता त्यागसम्बन्धी निस्सा पेश गर्न नलगाई कायम नरहेको नागरिकताको प्रतिलिपि उपलब्ध गराई सोही आधारमा लामिछाने उपनिर्वाचनमा उम्मेदवार बनेको रिट निवेदनमा उल्लेख छ।
सांसद वाग्लेले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय दिएर हैरानी र झन्झटको दुष्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउन आवश्यक रहेको बताए।
सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै तत्कालका लागि उनको सांसद पद नजाने भएको छ।
भारतको दक्षिणी केरल राज्यमा डुंगा पल्टिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। प्रहरीले डुंगा सञ्चालकविरुद्ध उजुरी गर्दा गरेको छ।
एएफसीका अनुसार सर्वाधिक १० पटक अरेबियन गल्फ कप जितेको कुवेतसँगै लेबनानले आमन्त्रित टोलीका रूपमा प्रतियोगितामा सहभागिता जनाउने छन्।
सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि राजेश मगर र निष्मा श्रेष्ठले जितेका छन्।