हिमपात र कुहिरोका कारण एक हप्ता बितिसक्दासमेत सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न सकेको छैन। उद्धारमा खटिएका सुरक्षाकर्मी नै बिरामी हुन थालेको प्रहरीले जनाएको छ।
बिच भलिबलमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तानसेन नगरपालिकाले जनाएको छ।
बिजुलीको बल्ब र स्विच बनाउँदै आएको उद्योगमा शुक्रबार बिहान २ बजेदेखि आगलागी शुरू भएको हो। आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
७८ वर्षीय बस्नेतको शुक्रबार बिहान काठमाडौँको सिफलस्थित निवासमा निधन भएको हो। उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले पीडित थिए।
बाँदरले बालीनाली नष्ट गरिदिएपछि आजित भएका कास्कीको रुपा गाउँपालिका–५ देउरालीका महिलाले व्यावसायिक रूपमा बाख्रापालन थालेका छन्।
अस्ट्रियाको भियानामा भएको भेटमा दुवै पक्षले युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायत महत्त्वपूर्ण विषयमा स्पष्ट, ठोस र रचनात्मक छलफल गरेको ह्वाइट हाउसले जनाएको छ।
राजस्थानका ओपनर यशस्वी जैशवाल ४७ बलमा नटाउट ९८ रन बनाए। उनले १३ बलमा नै अर्धशतक पूरा गरेका थिए।
युक्रेनले सन् २०२३ मा मित्र राष्ट्रहरूबाट १६.७ बिलियन डलर बराबरको आर्थिक सहयोग प्राप्त गरेको युक्रेनी अर्थमन्त्री शेर्ही मर्चेन्कोले बताएका छन्।
शरणार्थी प्रकरणले भ्रष्टाचारको लहरो तानिरहँदा संसद्ले समातेको बाटो उल्टो छ। जोमाथि संसद्बाट छानबिन हुनुपर्ने छ, तिनलाई त्यही समितिको जिम्मा लगाइनुले दल मात्र होइन, संसद्को भूमिकामै प्रश्न उठाएको छ।
अदालतले गरेको फैसला र विचाराधीन मुद्दालाई समेत लिएर कपोकल्पित आरोप लगाई चरित्र हत्या हुनेगरी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग दर्ता भएको सर्वोच्चले ठहर गरेको छ।
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीलाई ‘गैरकानूनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको छ।
हिरासतमा रहेका व्यक्तिहरूले दिएको बयान र सार्वजनिक भएको अडियो संवादमा सुनिएका विषयलाई प्रमाणले पुष्टि गर्छ या गर्दैन भन्नेमा पछिल्लो प्रहरी अनुसन्धान केन्द्रित भएको छ।
कांग्रेसको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता खाँणबारे तत्काल कुनै निर्णय नगर्ने, अदालतको फैसला कुर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टी-२० आई सिरिज खेल्ने भएको छ।
जावलाखेल युवा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।
बैठकमा अध्यक्ष ओलीले अहिलेको संकटग्रस्त अर्थतन्त्र उकास्न वर्तमान गठबन्धनसँग कुनै योजना नरहेको 'ब्रिफिङ' गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।
सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारी वर्षौंसम्म पनि आफूखुशी बस्न थालेपछि सामान्य प्रशासन मन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको छ।
राष्ट्रिय सभा सदस्यहरूले पुराना बीउ बिजनको प्रोत्साहन गर्दै, आत्मनिर्भर बन्न कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक रहेको बताएका छन्।
यो वर्ष हिउँदमा पानी र हिउँ नपरेका कारण सगरमाथामा ठूलो हावाहुरी चलेको हुनसक्ने मौसमविद्ले अनुमान गरेका छन्।
कूल २१ लाख ५ हजार ६५७ कित्ता शेयर ५७ करोड ८८ लाख ४१ हजार ५९३ मूल्यमा खरिद बिक्री भएको छ। कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।