AnonymousUser

Logout

अर्थमन्त्रीको स्पष्टोक्ति : कार्यान्वयन हुन सक्ने कार्यक्रम मात्र बजेटमा समेटिएका छन्

अर्थमन्त्रीले सांसद क्षेत्र विकास कोष, विद्युतीय सवारीमा करको दर वृद्धि, उच्च राजस्व परिचालनका लक्ष्यलगायतका विषयको बचाउ गर्दै कार्यान्वयन हुन सक्ने कार्यक्रम मात्र बजेटमा समेटिएको दाबी गरेका छन्।

एक लाखमाथिका मोबाइलमा १० हजार कर, अरू कुन–कुन वस्तु तथा सेवामा भयो हेरफेर?

सरकारले अन्तःशुल्कतर्फ मदिरा, जंकफुडदेखि विद्युतीय सवारी साधनसम्ममा करका दर हेरफेर गरेको छ।

‘ए’ डिभिजन लिग : जावलाखेलले आर्मीलाई पराजित गरेसँगै उपाधि होड रोमाञ्चक मोडमा

‘ए’ डिभिजन लिगमा आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

रेशम चौधरीको रिहाइविरुद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार पेशी

टीकापुर घटनाका पीडित शारदा कडायत बोहराले पेश गरेको रिट निवेदन मंगलबार सर्वोच्च अदालतले दर्ता गर्दै बुधबारका लागि पेशी तोकेको छ।

प्रधानमन्त्रीले भारत भ्रमणका बेला नेपाली भूमि समेटिएको नक्साको विषय उठाउनुपर्छ : ओली

भारतजस्तो पुरानो, सुदृढ, नमूना लोकतन्त्र भनिएको देशले नेपालको भूमि नक्साभित्र हालेर संसद्मा राख्ने कार्य उचित मान्न नसकिने एमाले अध्यक्ष ओलीको भनाइ छ।

प्रधानमन्त्री दाहालविरुद्ध पूर्वबालसेनाको रिट सर्वोच्चद्वारा दरपीठ

युद्धअपराध गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई कारबाही गर्न लेनिन विष्टसहितका पूर्वबालसेनाले पेश गरेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरेको छ।

एनएमबी बैंकको महोत्तरी शाखाबाट पेस्तोल देखाएर रकम लुटपाट [भिडियो]

अज्ञात समूहले महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखाबाट पेस्तोल देखाएर ३५ लाख रुपैयाँ लुटपाट गरेको छ।

हवाई यात्रा गर्दा पीसीआर रिपाेर्ट र खाेपकार्ड नचाहिने

हवाई यात्राका क्रममा पीसीआर रिपोर्ट र कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने प्रावधान हटाइएको छ।

एकैदिन प्रतितोला दुई हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख आठ हजार १०० रहेको छापावाल सुन मंगलबार एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

मनाङ र थ्री स्टारबीचको ‘नेपाली क्लासिको’: हरायो रौनक, रेलिगेसनबाट उम्किन संघर्ष

मनाङ र थ्री स्टारमा देख्न पाइने राष्ट्रिय टोलीका उत्कृष्टसहित विदेशी खेलाडीहरूको जमघट यसपटक छैन। दुवै क्लब युवा खेलाडीमा भर पर्दा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेका छन्। खेलमा न रौनक छ, न चर्चा।

रुविनाको अलराउन्डर प्रदर्शनमा मलेसियामाथि नेपालको जित

जितका लागि पाएको ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। योसँगै नेपालले ५ खेलको टी२० आई सिरिज १/१ को बराबरी गर्न सफल भएको छ।

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान

कार्कीमाथि लिखित रूपमा पत्र वा इमेलमार्फत उजुरी दिन सकिने समितिल‍े जनाएको छ।  वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

भारतसँग कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ: परराष्ट्रमन्त्री 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

महोत्तरीमा फैलियो ‘लम्पी स्किन’, सरकारले सहयोग नगरेको किसानको गुनासो 

महोत्तरीका १५ स्थानीय तहमध्ये अधिकांश तहमा लम्पी स्किन रोग फैलिएको छ। जिल्लाभर यस रोगबाट २० गाईगोरु मरिसकेको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ। 

संसदीय सुनुवाइ विशेष समितिको बैठक शुरू, सभामुख र राष्ट्रियसभाका अध्यक्षको सम्बोधन

सिंहदरबारमा जारी पहिलो बैठकमा सभामुख घिमिरेले समितिमा अनुभवी सदस्यहरू रहेका कारण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे।

चीनको सांघाईमा १०० वर्षयताकै गर्मी 

सोमबार सांघाईको अधिकतम तापक्रम ३६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यसअघि सन्  १८७६, १९०३, १९१५ र २०१८ मा ३५.७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।

चेन्नाईले जित्यो आईपीएलको उपाधि, गुजरात ५ विकेटले पराजित  

अन्तिम २ बलमा १० रन चाहिएको अवस्थामा रवीन्द्र जडेजाले छक्का र चौका हान्दै चेन्नाईलाई उपाधि दिलाए।

सानातिना खर्चमा ‘सुधार’ देखाएर वितरणमुखी कार्यक्रममा ‘उदार’ भएको सरकार 

सानातिना खर्च कटौतीका लागि अनावश्यक सार्वजनिक संस्थानहरू खारेजी लगायतका घोषणा गरेको सरकारले संसदीय क्षेत्र विकास कोष जस्तो आलोचित कार्यक्रम ल्याएर आफैँलाई पासोमा पारेको टिप्पणी अर्थविद्ले गरेका छन्।

अर्थविद्का आँखामा बजेटप्रति आशा र संशय दुवै 

संघीय सरकारको बजेटको प्रभाव प्रदेश तहमा आउने बजेटमा समेत पर्ने र त्यहाँ पनि वितरणमुखी कार्यक्रमहरू आउन सक्ने भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन्। 

यस्ता छन् आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटका विशेषता [पूर्णपाठसहित]

अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा सोमबार दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा उल्लिखित केही विशेषताले खुम्चिँदो आयका बीच सरकारलाई अवसरभन्दा बढी चुनौती देखाएका छन्।