सोमबार २८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर रु दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार ४१५ मा को कारोबार भएको छ।
स्पेनिस मिडफिल्डर ब्राहिम डियाज रियल मड्रिड फर्किएका छन्। सन् २०२० मा मिलान पुगेका उनी तीन सिजनपछि रियलमा फर्किएका हुन्।
एमाले महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्नु गलत हुने बताएका छन्।
सात वर्षअघि चीनले आफ्ना क्लबमा विदेशी फुटबल खेलाडी भित्र्याउन गरेको लगानीको झल्को दिने गरी साउदी अरब अघि बढिरहेको छ। त्यति मात्र नभई विश्वका ठूला प्रतियोगिता आयोजनाको दाबी पनि गरिरहेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनुपरेको स्पष्ट पारेका छन्।
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि बिहीबार सुनुवाइ गरी त्यसै दिन प्रस्तावलाई अनुमोदन गर्नेगरी परिमार्जित कार्यतालिका पारित गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतमा भएको अव्यावहारिक भन्सारलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका छन्।
अर्थ समिति बैठकमा सांसदहरूले नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटी एक्सचेन्ज लाइसेन्स वितरणका विषयमा उपसमिति बनाएर छानबिन गर्नुपर्ने माग गरेका छन्।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी काठमाडौँका डाँडामा पोखरी बनाउने र पार्कसमेत निर्माण गर्ने योजना बनाएको छ।
चितवनका किसानले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै बीमा गरिएका पशुधनको मृत्यु भएको क्षतिपूर्ति रकम तुरुन्त पाउनुपर्ने र नयाँ बीमा पनि गरिनुपर्ने माग गरेका छन्।
एनसेलविरुद्धको मुद्दा जितेपछि नेपालको करिब ६० अर्ब रुपैयाँ जोगिएको छ नै, नेपालमा कानूनी शासन छ र लगानी गर्न सकिन्छ, विदेशी भएकै कारण अप्ठ्यारो भोग्नुपर्दैन भन्ने सन्देश पनि गएको कानूनविद्हरू बताउँछन्।
कञ्चनपुरमा ८०० देखि १ हजार हेक्टर जमिनमा खेती हुने उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन छ। तर, यो वर्षा पानी नपर्दा खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।
राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले गएको शनिबार रुसविरुद्ध प्रतिआक्रमण शुरू भएको घोषणा गरेपछि युक्रेनले पहिलोपटक रुस नियन्त्रित क्षेत्र पुनः फिर्ता लिन सफल भएको हो।
बनेपाको भैँसेपाटी क्षेत्रमा सडक विस्तारका क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले डोजर चलाउन तत्कालै रोक्न पुरातत्व विभागले जिल्ला प्रशासन काभ्रेलाई पत्र पठाएको छ।
नोभाक जोकोभिच पुरुषतर्फ सबैभन्दा धेरै ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडी भएका छन्। जोकोभिच र सेरेना विलियम्सले समान २३ पटक ग्रान्ड स्लाम उपाधि जितेका छन्।
गत अप्रिलको मध्यदेखि सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेजको नेतृत्व सम्हालिरहेका मोहमद हमदान डग्लोको समूहबीच भिडन्त भइरहेको छ।
संघीय सरकारले दिने २ करोड बजेटबाट सन्थाल समुदायका लागि १०० घर बनाउन सकिने भद्रपुर नगरपालिकाले जनाएको छ। उक्त नगरक्षेत्रमा ६३४ घर सन्थाल छन्।
तापक्रम बढेर उखरमाउलो गर्मी भइरहेको तराई मधेशमा पानीको समेत समस्या थपिएको छ। वर्षा नहुँदा चापाकलमा पानी आउन छाडेको छ भने, १२ महिना नै बग्ने खोलासमेत यसपटक सुकेका छन्।
२४औँ चरणको खेलमा श्रम स्वीकृति सकिएपछि चार वटा क्लबले विदेशी खेलाडीलाई मैदान उतारेका थिएनन्। तर, थ्री स्टारले नाइजेरियन खेलाडी मार्टिन अजयी र पिटर सेगुनलाई खेलाएको एपीएफको दाबी छ।
दुई वर्षसम्म चलेको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गर्दै उपाधि जितेको छ। प्रतियोगितामा टेस्ट मान्यता पाएका १२ मध्ये नौ देश सहभागी थिए।