लुकीछिपी ठूलो मात्रामा भारु नोट नेपाल भित्रिएको र नेपाली बजार आर्थिकमन्दीको मारमा रहेका कारण सटहीमा समस्या उत्पन्न भएको हो।
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यलगायत कारणले यहाँ प्याराग्लाइडिङ गर्नेको संख्या बढ्ने बताइएको छ।
सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोगले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो। जुन ३ लाई ‘अन्नपूर्ण आरोहण दिवस’का रूपमा मनाउने गरिन्छ।
हावडा सुपरफास्ट एक्सप्रेस, शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस र मालगाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने जारी रहने मन्त्रालयले जनाएको छ।
धनकुटाको शहिदभूमि गाउँपालिका–३ का २८ वर्षीया मुना राई र उनका छोरा सचिनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।
काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ। लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने छ।
सुलिभानले अमेरिका र रुसबीच भएको पछिल्लो हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ सन् २०२६ मा सकिँदै गर्दा अमेरिका नयाँ सन्धि गर्न इच्छुक रहेको बताए।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार सबै अभियुक्तको बयान शुक्रबार सकिएको छ।
चार वर्षमा १३ अर्ब २ करोड खर्च गरिसकेको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिफल र औचित्यमाथि महालेखाले पटकपटक प्रश्न उठाए पनि सरकारले तीन वर्षदेखि परिमार्जनको झूटो वाचा गर्दै निरन्तरता दिइरहेको छ।
एमालेले नागरिकता विधेयक प्रमाणीकरणले संसद्को विशेषाधिकारको हनन भएको निष्कर्ष निकाल्दै सरकारको यस कदमको देशभर विरोध गर्ने भएको छ।
अल नसरबाट खेलिसकेका मेस्सीका प्रतिद्वन्द्वी रोनाल्डो साउदी प्रो–लिग विश्वकै उत्कृष्ट लिगमा पर्न सक्ने दाबी गर्छन्। त्यसका लागि साउदीले मेस्सीजस्ता ठूला नामका खेलाडीलाई भित्र्याउनुपर्ने उनको तर्क छ।
नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्दै आइतबारका लागि पेसी तोकेको छ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा चीनले चासो राखेको बताएका छन्।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि आमाको नामबाट तथा जन्मका आधारमा अंगीकृत नागरिकका सन्तानलाई पनि नागरिकता दिने व्यवस्था भएको छ। तर, महिला र लैंगिक अल्पसंख्यकका कतिपय सवाल यथावत् नै छन्।
सडकबाट गाडी करिब १५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो। स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्णयविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ।
उद्योगमा दैनिक चार हजार २०० लिटर दूध संकलन भइरहेको छ। उक्त दूधबाट १३ किलो छुर्पी, ७० किलो बटर, मागअनुसार घ्यू, १०० लिटर दही र २०० लिटर दूधको पनिर उत्पादन हुने गरेको छ।
काठमाडौँबाट खोटाङतर्फ गइरहेकाे जीप मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकाेशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।