सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँबराबरको कारोबार भएको छ।
छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए।
तीन महिनाको अवधिमा निर्यात ३५.७१ प्रतिशतले घटेको छ। यो अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको विभागले जनाएको छ।
चिनी निर्यातमा भारतीय प्रतिबन्धले नेपालमा भने कुनै असर नगर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
तिहारपछिको पहिलो कारोबारमा छापावाल सुन प्रतितोला १ हजारले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ।
लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तर्राष्ट्रिय संस्था डब्लुडब्लुएफ, युनेस्को, एडिबी र विश्व बैंकलगायतका संघसंस्था लुम्बिनीमा लामो समयदेखि कार्यरत छन्।
मस्यौदाको व्यवस्था यथावत् कार्यान्वयन भए बैंक तथा वित्तीय संस्थाले ‘ओभरनाइट’ तरलता सुविधा उपयोग गरेबराबरको रकम बैंकको वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाउने छैनन्।
गत भदौ ८ देखि युरोको तुलनामा अमेरिकी डलर बलियो रहँदै आएकोमा बिहीबार र शुक्रबार युरो बलियो देखिएको हो।
पार्कमा शुरुआती लगानीबाहेक हालसम्म राज्यका कुनकुन निकायबाट के कति लगानी भइसकेको छ भने स्पष्ट तथ्यांक कसैसँग छैन। केही व्यक्ति र समूहले पार्क देखाएर बजेट ल्याउने र खाने गरेको स्थानीयको आरोप छ।
नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ। केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको अध्यक्ष अम्मर बानियाँ बताउँछन्।
तिहारमा फूल र मालाको अभाव देखिएको छ। बजारमा फूल नभेटिएपछि चाडपर्वमा घर सजाउन तथा अन्य धार्मिक, सांस्कृतिक कार्यका लागि प्लास्टिकका फूलको प्रयोग गरिएको छ।
रुस र युक्रेनबीच जारी युद्धको असर युरोपभर नै देखिएको छ। युरोपका कतिपय देशले मुद्रास्फीति भोगिरहेका छन् भने ऊर्जा संकटको सम्भावना उच्च छ।
शिक्षण पेसा छाडेर फूलखेतीमा लागेका दीपक पाख्रिनले ४ बिघामा खेती विस्तार गरेका छन्। बजारमा फूलको माग अत्यधिक हुँदा चार बिघाको फूल पनि कम पर्ने गरेको उनको भनाइ छ।
बंगलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ।
देशभर तिहारको हर्षोल्लास चलिरहँदा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रमा थियो।
तिहारमा प्रयोग हुने झिनिया स्थानीयस्तरमा व्यावसायिक रूपमा उत्पादन गर्न सकिने संकेत देखिएको छ। तिहार बाहेकको समयमा पनि झिनियाको माग हुन थालेपछि यसको व्यावसायिक उत्पादन थाल्न सकिने देखिएको हो।
तिहारमा विदेशबाट फूल आयात गर्न प्रतिबन्ध गरिएपनि यसपटक विगतका वर्षहरूमा झैँ ठूलो मात्रामा भारतीय फूल बजारमा देखिएका छन्।
‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको शुरुवाती अनुमानमा संशोधन गरेको हो।
चालु आर्थिक वर्षमा महिनाको ४२.५१ टन माछा मात्रै वैधरूपमा आयात भएको छ। माछाको आयात गतवर्षभन्दा ६९.८९ प्रतिशतले घटेपछि व्यापारी तथा उपभोक्ता मारमा पर्ने देखिएको छ।
धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज खोल्न इच्छुक कम्पनीका लागि ४५ दिनको सीमा राखेर आवेदन खुलाएको थियो। त्यसअघिबाटै इजाजत हात पार्न दुई व्यापारिक समूहबीच प्रतिस्पर्धा चलेको हो।