असोज महिना लागेसँगै पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। खासगरी दशैँ र तिहारको बिदा सदुपयोग गर्न मानिसहरू यहाँ पुग्ने गर्छन्।
पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ।
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि नेप्से ओरालो लागेको छ। बुधबार तीन वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए पनि नेप्से ओरालो लागेको हो।
तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्यमा वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तिको मूल्य बढेर आएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ।
कृषिविज्ञहरूले नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातित कृषिजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुता हुने बताए।
स्थानीयले माछापुच्छ्रे बैंकको शाखाहित कार्यालयमा जम्मा गरेको पैसा एजेन्टले हिनामिना गरेका हुन्।
नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो। यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ।
गुन्डु गाउँका किसानहरू अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्। नजिकिँदै गरेको चाड तिहारमा विशेष माग हुने भएकाले काठमाडौँलाई लक्षित गर्दै माला उन्ने काम गरिरहेको स्थानीयबासीले बताए।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको बताए।
मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्यक्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर गरेर पक्रिया अगाडि बढाएको बताएका छन्।
पसाउने बेलाको धानमा रोग लागेपछि तनहुँको म्याग्दे गाउँपालिका–७ का किसानहरू चिन्तित भएका छन्।
काठमाडौं महानगरपालिकाका भित्री बजारमा उपप्रमुख सुनिता डंगोल नेतृत्वको टोलीले दशैँलक्षित बजार अनुगमन गरेको छ। दशैँपछि पनि अनुगमनलाई निरन्तरता दिइने उनले बताइन्।
काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलको नेतृत्वको टोलीले महानगरभित्रका पसलमा सामानको बिल, रजिटस्ट्रेसन गरे/नगरेको सामानको उत्पादन मितिको जाँच गरेको छ।
नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गरे मात्रै पर्यटन पुनरुत्थान हुने पर्यटन व्यवसायीहरू बताउँछन्। सरकारको विशेष योजना भने छैन।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले देशको अहिलेको स्रोतका आधारमा पूर्व-पश्चिम रेलमार्ग निर्माण गर्न नसकिने बताएका छन्।
व्यापारीले दशैँ-तिहारमा साइपाल हिमालको फेदबाट भेडा, च्याङ्ग्रा पोखरा र काठमाडौँसम्म पुर्याउने गरेका छन्।
सरकारले दशैँका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरेको छ।
चितवनमा व्यवसायीहरूले चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेका छन्। किराना व्यवसायी संघले दसैँ, तिहार र छठ पर्व मूल्यसूची सार्वजनिक गरेको हो।
कोरियाबाट फर्किएकाको स्थिर पुनः एकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि कोरिया सरकारले नेपाललाई एक करोड ६० लाख अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने भएको छ।
तिब्बत क्षेत्रमा रहेको कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीको पवित्रस्थल हो। पछिल्लो समय नेपालबाट मानसरोवर जाने दर्शनार्थीको संख्या बढेपछि यस क्षेत्रको आर्थिक गतिविधि समेत बढेको छ।