अस्वाभाविक रूपमा हुने हिमपात र हिमपहिरोमा परी पथप्रदर्शकहरूको ज्यान गइरहेको छ। पछिल्लो १० वर्षमा हिमपहिरोसहितका दुर्घटनामा परेर १७७ आरोहीको हिमालमै मृत्यु भएको छ। त्यसमध्ये ६८ जना पथप्रदर्शक हुन्।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ।
बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुंगा छापेर आकर्षक बनाउन लागिएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।
सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान करिब १२ प्रतिशतले कटौती गरेको छ। अनुदान कटौतीसँगै युरियाको मूल्य प्रतिकेजी २५ रुपैयाँ, डीएपीको ५० र पोटासको ४० पर्ने भएको छ।
सोमबार २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८५० पटक किनबेच हुँदा एक अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले सो अवधिभर कुनै पनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन्।
आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ भने एक अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति र रेमिट्यान्समा क्रमिक सुधार आएको जनाएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको छ।
सुदूरपश्चिमको विकासको ढोका खोल्ने भन्दै निजी क्षेत्रले २०५२ सालदेखि बनाउन माग गरेको आधुनिक व्यापारिक नाका निर्माण प्रक्रिया थालिएको छ। अहिले यहाँका व्यापारी नेपालगन्जबाट आयात–निर्यात गर्छन्।
औद्योगिक ग्राम निर्माणमा स्थानीय तहले तदारुकता नदेखाएको गण्डकी प्रदेश उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद आचार्यको भनाइ छ।
लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन विदेशी दातृ निकायले उपलब्ध गराएका विद्युतीय सवारीसाधन दुई वर्षदेखि थन्किदा सञ्चालनका लागि सरोकारवाला निकायको चासो पुगेको छैन।
नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन, २०७९’का वक्ताहरूले जटिल अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई उद्धार गर्न यसको पुनर्संरचना आवश्यक रहेको बताएका छन्।
सरकारले किसानलाई कृषि प्रयोजनका लागि महसुल छुट हुनेगरी छुट्टै मिटर जडान गरिदिने व्यवस्था गरे पनि विद्युत प्राधिकरणले भने नदिनका लागि अनेक बहाना बनाउने गरेको किसानको गुनासो छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा १० अर्बभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको बताएका छन्।
कृषि सामग्री कम्पनीका अनुसार मलेसिया र इजिप्टबाट खरिद गरिएको युरिया र डीएपी मल भारतको कोलकता बन्दरगाह हुँदै नेपाल भित्रिएको छ।
छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
ताप्लेजुङमा तीन हजार ७०० हेक्टरमा अलैँचीखेती गरिएको छ। लामो समयसम्म हिउँदे वर्षा नहुँदा अधिकांश अलैँची बगान सुक्न थालेका छन्।
बिहीबार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।