AnonymousUser

Logout

सोह्रौँ योजनाको अवधारणापत्र स्वीकृत, विद्युतीय सुशासन मुख्य प्राथमिकतामा

संसद्का सदस्य, प्रमुख राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, विद्वत्वर्ग तथा पेसाविद्, मन्त्री तथा सचिव र विकास साझेदारसँग मंसिर तेस्रो हप्तासम्ममा छलफल गरिसक्ने कार्यतालिका बनाइएको छ।

प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमता विकास गरिँदै, निर्देशिका बनाउने तयारी

सार्वजनिक खरिद प्रक्रिया प्रतिस्पर्धी, स्वच्छ तथा मितव्ययी बनाउन सरकारले प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ। 

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

समयमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई विभागले कारबाही गरेको छ।

किसानले दुई बोरा मल ल्याउँदा भन्सारमा अवरोध नहुने व्यवस्था गर्न अर्थ समितिको निर्देशन

किसानले हरेक वर्ष रासायनिक मल अभावको समस्या भोग्ने गरेकाले यसको अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ।

ग्यासको मूल्य प्रतिसिलिन्डर १३० रुपैयाँ घट्यो, पेट्रोल र डिजेलको बढ्यो

पेट्रोल प्रतिलिटर ९ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँले बढेको आयल निगमले जनाएको छ।

प्राधिकरणले विद्युतीय गाडीलाई शतप्रतिशत विद्युत् ग्यारेन्टी गर्छ: कुलमान  घिसिङ

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनका लागि प्राधिकरणले शतप्रतिशत विद्युत्को ग्यारेन्टी गर्न सक्ने बताएका छन्। 

नेप्से २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा सीमित

मंगलबारको कारोबारमा नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ को बिन्दुमा कायम भएको हो।

प्रधानमन्त्री निवास अगाडि डोजर तेर्स्याएर निर्माण व्यावसायीको प्रदर्शन

यसअघि भएका सम्झौता कार्यान्वयन, सम्पूर्ण ठेक्काको म्याद एकमुष्ट म्याद थप हुनुपर्ने लगायत माग राखेर निर्माण व्यावसायीले प्रदर्शन गरेका छन्। 

योजना आयोगले १६औँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले १६औँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका छन्

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

गत वर्ष साउन १२ गतेसम्म देशभर ९० प्रतिशत धान रोपाइँ भएकोमा यो वर्ष ७७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ।

नेप्सेमा सामान्य अंकको सुधार

मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचकमा सोमबार सामान्य अंकको सुधार देखिएको छ।

सूचना प्रविधि क्षेत्र विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत बन्न सक्छ: गभर्नर

विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको अवसरसँग जोडिन सके नेपाललाई ठूलो लाभ पुग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ।

केही राम्रा सहकारी सफल भए कसरी?

सहकारीको उद्देश्य र मर्मअनुरूप चलेका विशेषगरी कृषि सहकारीहरूले किसानलाई उद्यमी–व्यवसायी बनाउनेदेखि उनीहरूको जीवनस्तर उकास्नमा योगदान गर्दै संस्थागत दीगोपनमा पनि फड्को मारिरहेका छन्।

रकम भुक्तानी माग गर्दै बालुवाटारमा निर्माण व्यवसायीको प्रदर्शन

सरकारले रकम भुक्तानी नदिँदा आफूहरूले मजदुरलाई पनि भुक्तानी दिन नसकेको निर्माण व्यवसायीहरूले बताएका छन्।

राष्ट्र बैंकले अर्थतन्त्रको स्पष्ट समीक्षासहित मौद्रिक नीति ल्याएको हो: गभर्नर

गभर्नर अधिकारीले अप्ठ्यारो परेका ऋणीलाई उसको उद्यमशीलतालाई बचाउनका लागि छुट्टै फ्रेम वर्क राष्ट्र बैंकले बनाउने तयारी रहेको बताए।

नेप्से २६.१४ अंकले घट्यो, २ अर्ब ५० करोडको कारोबार

नेप्से परिसूचक आइतबार २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा सीमित भएको छ।

प्राधिकरणलाई बाह्रबिसे सबस्टेसन निर्माण तत्काल सक्नुपर्ने दबाब

१०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेपछि त्यहाँ उत्पादित विद्युत् जोडिने सबस्टेसन निर्माण पूरा गर्न प्राधिकरणलाई दबाब परेको छ। 

शहरिया ग्राहकलाई रैथाने उत्पादनतर्फ आकर्षित गर्ने कृषि हाटबजार [भिडियो]

रैथाने बाली प्रवर्द्धन तथा बिक्री वितरण गर्दै आएको रैथाने एग्री प्रडक्टस नेपालले कृषिजन्य रैथाने सामग्री खरिदबिक्री तथा अवलोकनका लागि दरबारमार्गमा सञ्चालन गरेको कृषि हाटबजारमा ग्राहकको आकर्षण बढेको छ।

विज्ञ भन्छन्– विकासशील मुलुकमा प्रवेश गर्दा वैदेशिक व्यापारमा चुनौती थपिन्छ

विज्ञहरूले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय रूपमा नेपालले गर्ने आयात तथा निर्यातमा अति कम विकसित मुलुकले पाउने सुविधाहरू स्वतः हट्ने बताए।

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

वायुसेवा सञ्चालक संघले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ।