AnonymousUser

Logout

कवाडी संकलकका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सहज

विश्वमा फोहोर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको छ। कतिपय अवस्थामा अपमान पनि सहनुपर्ने संकलनर्ता बताउँछन्। 

इमरान खानको पार्टी पीटीआईको चुनाव चिन्ह खारेज

निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को चुनाव चिन्ह ‘ब्याट’ खारेज गरिदिएको छ। पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै आयोगले यस्तो कारबाही गरेको हो। 

म्यानचेस्टर सिटीलाई पहिलोपटक क्लब विश्वकपको उपाधि

शुक्रबार राति साउदी अरेबियामा भएको फाइनलमा सिटीले ब्राजिलियन टोली फ्लुमिनेन्सलाई ४–० ले पराजित गर्दै पहिलोपटक उपाधि जित्न सफल भएको छ।

उखु प्रतिक्विन्टल ६३५, लड्डु किलोको २ हजार!

राष्ट्रिय उपभोक्ता मञ्चका अनुसार देशभित्र उत्पादन हुने चिनीले जम्मा सात महिना मात्र धान्छ। करिब १०० लाख मेट्रिक टन चिनी विदेशबाट आयात हुने गरेको छ।

नारायणगढ–मुग्लिन सडक शनिबारदेखि दैनिक ४ घण्टा बन्द हुँदै

चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन्। भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि यातायात नै रोकेर काम गर्न लागिएको हो।

वर्षा र हिमपातको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

पर्व

सात गाउँ जात्राको रौनक

यतिबेला काठमाडौँको दक्षिण भेगका सबै गाउँहरू जात्रामय छन्। काठमाडौँको दक्षिण भेगका कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ मिलेर गरिने जात्रा ‘सात गाउँ जात्रा’ अर्थात् ‘न्हयगां जात्रा’ बनाइँदै छ। सात गाउँको जात्रा मूलतः अष्टमातृका देवीहरूको जात्रा हो। हरेक गाउँमा जात्रा चलाइने आआफ्नै देवीहरू छन्। कीर्तिपुरमा चाहिँ इन्द्रायणी देवीको जात्रा चलाइन्छ। आजका दिन कीर्तिपुरमा बाघभैरव मन्दिर परिसरबाट जात्रा शुरू हुन्छ। यसमा इन्द्रायणी देवीलाई खटमा राखी कीर्तिपुर नगर परिक्रमा गराइन्छ। धूमधामसाथ मनाइने यो जात्रा हेर्न अन्य स्थानका मानिसहरू पनि कीर्तिपुर पुग्ने गर्छन्।

अदालतको आश्चर्यचकित पार्ने आदेश

नाबालिग जबरजस्ती करणी मुद्दामा पीडितको बयान, मेडिकल रिपोर्ट, घटना मुचुल्का, प्रहरीले सोधपुछ गरेकाहरूले गरिदिएको घटनाविवरण कागज र सरकारी वकिलको मागदाबी विपरीत अदालतबाट आदेश आएको छ।

नयाँ विश्वविद्यालय स्थापनाका लागि अनुमति दिन नहुनेमा सांसदको जोड

सांसदहरूले सञ्चालनमै रहेका विश्वविद्यालयमा पढ्ने विद्यार्थी नभएको, ती विश्वविद्यालयको अवस्था सुधार्नसमेत नसकिएको अवस्थामा नयाँ विश्वविद्यालय खोल्ने अनुमति दिनु उचित नहुने बताएका छन्।

मोन्टाजबाहिर, मोन्टाजभित्र

तिहारअघि एउटा नाटक लिएर श्रीलंकाको यात्रा गरेको थिएँ। त्यहाँको ‘स्टेट युथ थिएटर फेस्टिबल’मा सहभागी भएर नाटक हेर्ने मौका मिल्यो। लगातार चार दिनसम्म विभिन्न नाट्य समूहका नाटक हेर्‍यौँ। आधा घन्टासम्मका नाटकलाई छोटा र ९० मिनेटसम्मका नाटकलाई लामा …

राखेपको प्रस्तावमा प्राधिकरणले जारी गर्‍यो खेलकुद बीमालेख

बीमालेख जारी भएपछि सबै प्रतियोगितामा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाइ खेलाडीलाई आत्मविश्वासका साथ खेल्ने वातावरण सिर्जना गर्ने राखेप सदस्यसचिव टंकलाल घिसिङको भनाइ छ।

डा. केसीका २१ अनशनः माग कस्ता थिए, उपलब्धि के के भए?

२०६९ सालयता डा. केसीले गर्दै आएको सत्याग्रहकै कारण चिकित्सा शिक्षामा शुल्कको दायरा निर्धारण र योग्य विद्यार्थीले सहुलियतपूर्वक एमबीबीएस पढ्न पाउने सुविधा सुनिश्चित भएको छ।

कुलदेवता मानेर पुज्दै आएको ‘ढुंगा’ जब डाइनोसरको अण्डा भएको थाहा भयो

ती कुलदेवताले हरेक प्रतिकूल परिस्थितिमा रक्षा गर्ने जनविश्वास छ। तर वैज्ञानिकहरूले डाइनोसरका अण्डा बताएपछि त्यहाँका स्थानीय अन्योलमा छन्।

कोशी नामकरण विवाद चाँडै समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री दाहालले कोशी प्रदेश नामकरणको विषयमा सबै राजनीतिक दल र आन्दोलनरत पक्षबीच संवाद गरी सकारात्मक ढंगले समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

कानून समितिमा थालियो केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल 

कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ।

प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित, सुदूरपश्चिमले तालिकामा खाता खोल्यो

एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। जितसँगै एपीएफ अंक तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ।

बढ्दै छ निःसन्तान बन्ने डर

आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र आर्थिक रूपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरू बताउँछन्।

एनएसएल : शीर्ष स्थानमा रहँदै पोखराले टुंग्यायो लिग चरणका खेल

पोखरा थन्डर्सले अंकतालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको लिग चरणका खेल टुंग्याएको छ।

एक वर्ष पुगेपछि नयाँ धक्का दिएर क्रमभंग गर्दै छु: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने तयारी गरिरहेको र त्यो निर्णयमा जनताको पनि साथ रहने विश्वास लिएको बताएका छन्।

लमजुङका ३९ वटा वडा सचिवविहीन, मर्कामा सेवाग्राही

केही समयअघि काम गरेका कर्मचारी पनि समायोजनपश्चात् सरुवा भएर अन्यत्र गएकाले वडा सचिवविहीन हुँदा वडाबाट हुने कामकाजमा अप्ठ्यारो भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन्।