पालिकाभित्रका छोरी र विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक पढाइरहेको छ। यसले पैसाको अभावमा पढाइ छाड्नुपर्ने, कम उमेरमा विवाहलगायत समस्या घट्ने पालिकाको विश्वास छ।
सिफारिस समितिले आवेदन दिएका ४३ जनाबाट प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जनालाई छनोट गरेको छ।
सोलुखुम्बुमा उत्पादित सुन्तला जिल्ला बाहिर पठाउन सकिएको छैन। सुन्तलाले बजार नपाउँदा कुहिएर खेर जाने गरेको किसानको गुनासो छ।
काटेको घाउ सजिलै निको हुन्छ, तर पोलेको घाउ निको हुन धेरै समय लाग्छ। उसैगरी रुख काट्नुभन्दा धेरै गुणा हानिकारक हुन्छ जंगलको डढेलो।
सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सीआईबीका एसएसपी दिनेश आचार्यले पनि भूमि सुधार तथा मालपोत कार्यालयले २१ दिने सूचना जारी गर्दै पत्राचार गरेको जानकारी आफूले प्राप्त गरेको बताए।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढुवा प्रक्रियालाई लिएर प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले संयुक्त रूपमा पुस २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्।
सरकारले हुलाक सेवाका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ।
नेपाल लिटरेचर फेस्टिभलको ११औँ संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ। यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत्प्रवचन दिने छन्।
औद्योगिक क्षेत्रमा दैनिक १० घण्टासम्म लोडसेडिङ भइरहे पनि विद्युत् प्राधिकरणले औपचारिक तालिका सार्वजनिक नगर्दा ठूलो क्षति बेहोर्नु परिरहेको उद्योगीहरूको गुनासो छ। किन लोडसेडिङको औपचारिक घोषणा हुँदैन?
शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि काठमाडौँ महानगरका मेयर बालेन शाहले हस्तक्षेप गरेका उनीहरूको भनाइ छ।
नक्कली नोट कारोबारी भिडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा नक्कली नोट प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
बेगनास तालमा मोटरबोट सञ्चालन रोक्न उच्च अदालत पोखराले आदेश दिएको छ।
नेपालले पाहुना टोली क्यानडालाई ७ रनले पराजित गरेको हो। जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ।
दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ तोकिएकै समयभित्र निर्माणाधीन संसद् भवनको काम सम्पन्न नहुने अवस्था रहेको बताउँछन्।
चौधरी ग्रुपले जुत्ता उत्पादनमा सरकारसँग साझेदारी गर्ने भन्दै खोलिएको च्याम्पियन फूटवेयर लिमिटेडमा सर्वसाधारणलाई छुट्याइएको २४ प्रतिशत शेयरसमेत ‘कब्जा’ गरेर १० रोपनी सरकारी जग्गा हडपेको देखिन्छ।
अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिएका हुन्।
श्रीराम स्कुलको बसले ठक्कर दिँदा साइकल यात्री भारत मधुवनीका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको हो।
दीपेन्द्रको यो दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग हो। यसअघि उनले क्यानडामा भएको क्यानडा ग्लोबल टी२० लिग खेलेका थिए।