AnonymousUser

Logout

प्रतिनिधिसभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

संघीय संसदको तेस्रो अधिवेशनको शुरूमै प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

गिरीबन्धु टि इस्टेटको जग्गा सट्टाभर्ना दिने मन्त्रिपरिषद्‍को निर्णय सर्वोच्चद्वारा बदर

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार बदर गरेको हो। 

अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ।

कानून बनेयताको ४ वर्षमा तेजाब आक्रमणका २० घटनाः पीडित अझै असुरक्षित

२०७७ सालमा पहिलो पटक कानून बनेयताको चार वर्षमा तेजाब आक्रमणका २० वटा मुद्दा दर्ता भएका छन्। स्वास्थ्योपचार र सुरक्षामा पीडितहरूको असन्तुष्टि भने अझै बाँकी छ।

नेप्सेमा सामान्य अंकको सुधार,  २०९०.६४ को विन्दुमा कायम

बुधबार नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा कायम भएको हो।

निर्देशनले मात्र चल्दैन, प्रधानमन्त्री स्वयंले काम गर्ने तरिका बदल्नुपर्छ: गगन थापा

प्रधानमन्त्री दाहालले दिँदै आएका निर्देशनप्रति संकेत गदै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने थापाले जिकिर गरे।

स्टार्टअप उद्यम कर्जासम्बन्धी त्रिपक्षीय सम्झौता

स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही माघ ११ गते कार्यविधि स्वीकृत गरेको थियो।

सन्दर्भ फागुन १: इतिहासको स्तुतीकरण र विद्रुपीकरण दुवै गलत

'जनयुद्ध'को स्तुतीकरण र विद्रुपीकरण दुवै अतिवाद हुन्। शोषित, उत्पीडित र परिवर्तनकामीलाई चालक शक्तिको काम गर्ने युद्धहरूको सम्झना नवीन संघर्षमा दायित्व निर्वाह गर्न संकल्प उत्सवको रूपमा मनाउनुपर्छ।

मस्यौदा समितिको प्रतिवेदन सर्वसम्मतिले स्वीकृत

राष्ट्रियसभाको बुधबारको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ। 

९ वर्षदेखि निर्माण अलपत्र तीनकुने आर्क ब्रिजः ठेक्का फेरियो, अलमल उस्तै

पप्पु कन्स्ट्रक्सनले लापरबाही गरेपछि बागमती नदीमा बनाइने ‘आर्क ब्रिज’को ठेक्का तोडेर वाईपी किरातेश्वरलाई दिइएको थियो। तर नयाँ ठेक्काको २१ महिनामा भौतिक निर्माण त के, पुलको डिजाइनसमेत तयार भएको छैन।

मौसम परिवर्तनको असर: नगदे बाली फेर्दै किसान

बर्दिबास, गौशाला, औरही र भंगाहा नगरपालिका क्षेत्रका १०० भन्दा बढी बस्तीको मुख्यखेती नै भर्जिनिया सुर्ति थियो। जनकपुर चुरोट कारखाना धरासायी बन्दै गएसँगै घट्दै गएको यो खेती अहिले कतै देखिँदैन।

प्रतिनिधिसभा शून्य समय: विकास खर्च बढाएर पूर्वाधार निर्माणमा गति दिन माग

सांसद डा. अमरेशकुमार सिंहले विकास निर्माणको काममा सरकारले गति दिन नसकेको बताए। निर्माण व्यवसायीले आफूले गरेको कामको भुक्तानी नपाएको विषय पनि उनले उठाए। 

बाँसबारी प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनजना हाजिर जमानीमा छुटे

तीनै जनालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौँले अनुमति दिएको थियो। तर दुई दिनभित्र अनुसन्धान नसके हाजिरी जमानीमा छोड्न आदेश गरेको थियो।

भागबन्डाको आधारमा विश्वविद्यालयको नेतृत्व नियुक्ति नगर्न गगन थापाको आग्रह

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा थापाले सबै विश्वविद्यालयको नेतृत्व नियुक्ति राजनीतिक भागबन्डाको आधारमा नगर्न सचेत गराएका छन्।

धनकुटाको चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

अचार उत्पादनका लागि गाउँपालिकाले २४ जना महिलालाई तालिम प्रदान गरेको छ। पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घरसमेत सञ्चालनमा ल्याउने तयारी छ।

निसीखोलामा ४ वर्षमा १८ झोलुंगे पुल: फेरियो स्थानीयको दैनिकी

झोलुंगे पुल निर्माण भएपछि स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन। खोला तर्दा बगाउँछ कि भन्ने चिन्ता छैन।  पशु चौपायालाई समेत वारपार गर्न सहज भएको छ।

निसीखोलामा ४ वर्षमा १८ झोलुंगे पुल: फेरियो स्थानीयको दैनिकी

झोलुंगे पुल निर्माण भएपछि स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन। खोला तर्दा बगाउँछ कि भन्ने चिन्ता छैन।  पशु चौपायालाई समेत वारपार गर्न सहज भएको छ।

नारायणगढ–बुटवलखण्डमा ठेकेदारको ढिलासुस्ती, ५ वर्षमा ४६ प्रतिशत काम

कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुई पटक म्याद थपिएको छ। दोस्रो पटक थपिएको सम्झौताको म्याद २०८१ साउनसम्म रहेको भए पनि काम सन्तोषजनक हुन सकेको छैन। 

भारत यू१९ विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका २ विकेटले पराजित

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो।