३ हजार २०० मेगापिक्सेलको यस क्यामेराको सहयोगमा ब्रह्माण्डको अध्ययनमा अभूतपूर्व सफलता मिल्ने वैज्ञानिकहरूको विश्वास छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनाएको छ। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए।
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत ११२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ। यहाँ दैनिक २०० भन्दा बढी सवारी ओहोरदोहोर गर्छन्।
सडकमार्गबाट पोखरा पुग्नै सकस छ। पोखराभित्रका सडक पनि खनेर बेहाल छन्। ट्राफिक लाइट बल्दैनन्। बेलाबेला फोहोरको डंगुर लाग्छ। सवारी पार्किङको समस्या उस्तै छ। के पोखराले सुन्दरता र मौलिकता गुमाएको हो?
निर्वाचनको दिन पाकिस्तानमा इन्टरनेट सेवा बन्द गरिएको छ। सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ।
विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा वृद्धि भएको तथ्यांकलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने खतिवडाको भनाइ छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले क्यानडाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।
दोस्रो सेमिफाइनलमा कतार इरानलाई ३–२ ले हराउँदै फाइनलमा पुगेको छ। अब उपाधि रक्षाका लागि कतारले जोर्डनको सामना गर्नेछ।
सुरक्षा परिषद् गहिरोसँग विभाजित भएको र इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको महासचिव गुटेरेसले बताएका छन्।
सीमित मेमोरीयुक्त कृत्रिम बौद्धिकता धेरै जटिल हुन्छ र प्रतिक्रियाशील यन्त्रहरूको तुलनामा यसले धेरै सम्भावना प्रदान गर्छ। चालकरहित कार, च्याट जीपीटी, गुगल बोर्ड, यसका उदाहरण हुन्।
प्रहरीका अनुसार सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिएका अपराधका नयाँ प्रवृत्ति र शैलीले साइबर अपराध अनुसन्धानमा चुनौती थपेको छ।
कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।
उम्मेदवारको कार्यालय नजिक भएका दुई वटा बम विस्फोटमा २८ दजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन्।
काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सब–स्टेसन हब बनेको छ।
उनीहरूले जग्गा हाल साविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए।
एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबारदेखि क्यानडासँग तीन एक दिवसीय शृंखला खेल्दै छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले ठूलो ‘ल्यान्ड स्क्याम’ मानिने गिरीबन्धु टि–इस्टेट प्रकरणमा तत्कालीन ओली सरकारको निर्णय बदर गर्दा त्यो जफतयोग्य जग्गा भएको पनि स्मरण गराएको छ।
विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको हो।
'प्रधानमन्त्री वा मन्त्री सबैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नुहुँदैन। मन्त्री नै फेर्नु छ भने पनि जुन दिन फेर्नु छ, ठयाक्कै फेरिहाल्ने हो।'