जलवायु परिवर्तनले भइरहेको अस्वाभाविक मौसमी गतिविधिका कारण यार्सागुम्बा संकलन गर्नेहरूले ज्यानै गुमाउने गरेका छन्। यही कारण यार्सा उत्पादनमा कमी आउँदा स्थानीयको जीविकोपार्जन पनि मुस्किल हुन थालेको छ।
चालु आर्थिक वर्षको आठ महिनामा निकुञ्ज घुम्न ६१३ जना पर्यटक आएका छन्। अघिल्लो आवको आठ महिनामा १४० पर्यटक मात्र आएका थिए।
डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आएका पूर्वउपराष्ट्रपति जर्ज ग्लासलाई गिरफ्तार गर्न इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेको थियो।
शिखर नगरपालिका–३ सालाखर्क तुलसीगण्यानीका सकराम महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए। उनले यस वर्षदेखि खेती विस्तारका साथै प्याजको बीउ पनि उत्पादन शुरू गरेका छन्।
संसारका सबै लोकतान्त्रिक देशमा नागरिकले भेला भएर सत्ताप्रति आक्रोश पोख्ने र खबरदारी गर्ने साझा ठाउँ औपचारिक र अनौपचारिक रूपमा बनाएका/बनेका हुन्छन्।
निर्धारित ९० मिनेटमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा मच्छिन्द्रका छिरिङ गुरुङ र हिसुब थपलियाले गोल गर्दै उपाधि दिलाए।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
इजरायली सेनाले अक्टोबर ७ मा दक्षिणी इजरायली समुदायमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएका इलाद कात्जिरको शव बरामद गरेको जनाएको हो।
निर्वाचन आयोगका अनुसार इलाममा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र आठसहित २० जनाले शनिबार मनोनयन पत्र दर्ता गराएका छन्।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ।
गर्मी
गर्मी शुरू भएसँगै सिन्धुपाल्चोकको सुकुटेमा पर्यटकको चहलपहल बढेको छ। काठमाडौँदेखि नजिकै रहेको सुकेटेमा व्यस्त जीवन र थकान मेट्न मानिसहरू पुग्न थालेका छन्। सुनकोशीको माछा र र्याफ्टिङ प्रमुख आकर्षण हुन्। यहाँको र्याफ्टिङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। सिजनमा शुक्रबार र शनिबार सुनकोशीमा ट्राफिक जाम नै हुने गरेको छ।\n\n
आममानिसले असनलाई नुनदेखि सुनसम्म पाइने व्यापारिक केन्द्र ‘ओपन डिपार्टमेन्टल स्टोर’को रूपमा बुझ्छन्। असनबासीका लागि आफ्नो बासस्थान र पर्व मनाउने स्थान हो। मीनरत्नका लागि भने क्यामराको ‘अब्जेक्ट’ हो।
लेखक दर्लामी ‘मारीखोलाको ढुङ्गो’ उपन्यासमा आफूले देखेको र भोगेको समयलाई इमानदारीपूर्वक उतारेको बताउँछन्।
स्थानीय प्रेमप्रसाद चिमोरियाले विस्तारका लागि भनेर सडक भत्काएपछि अहिले एम्बुलेन्ससमेत सञ्चालन गर्न सक्ने अवस्था नभएको बताए। कोही बिरामी पर्दा बोकेर लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन्।
हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ।
लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन्।
टेकराजका धेरै साथी रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छाडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्।
‘जो गाईको रक्षक हुन्, उनीहरूलाई गोर्खा सेनामा पठाइएन। आदिवासीहरूलाई भर्ती गराउँदा धर्मको महलमा हिन्दू लेख्न लगाइन्थ्यो वा गल्लावालहरूले त्यही लेखिदिन्थे तर हिन्दू थिएनन्।’
हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको छ।