AnonymousUser

Logout

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

रघुगंगा गाउँपालिका–२ सिरुबारीस्थित सडकमा शुक्रबार बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

नेपाल राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को उपाध्यक्षमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सबै सदस्य राष्ट्रसँग निकट रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  

कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको नगरपालिकाले जनाएको छ।

रामेछापमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका १८ वर्षीया  सीता तामाङ, १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङलाई पहिरोले पुरेको हो।

रैथाने बालीका नाममा ब्रह्मलुट

निश्चित ठाउँ, टापु, प्रदेश, देश वा अन्य परिभाषित क्षेत्रमा मात्र पाइने वस्तु हो रैथाने। स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु राम्रो हो तर अल्पज्ञान प्रयोग गरी गलत शब्द प्रयोग गर्नु चाहिँ भ्रष्टाचार हो।

रहेनन् ‘रिटिङ–रिटिङ’ गायक जोशी

जोशी ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ गीतका कारण सबैभन्दा बढी छाएका थिए। २०१८ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो गीतपछि चलचित्र ‘हिजो–आज–भोलि’मा समेटिएको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना 

गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

१ साताभित्र आईकाओको प्रतिवेदन पेश गर्न पर्यटनमन्त्रीलाई संसदीय समितिको निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले ईयूको सुरक्षा सूचीबारेको प्रगति, कति समयपछि नेपाल सुरक्षा सूचीबाट हट्छ भन्नेबारे विस्तृत विवरणसहित उपस्थित हुन प्राधिकरणलाई निर्देशन दिएको छ।

ललितपुरमा ४ जनामा हैजा पुष्टि

दुई जना उपचारका क्रममा भागेका छन् भने एक जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्का एकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

वर्ल्ड हेरिटेज कमिटीका २१ मध्ये भारतसहित १९ देशका प्रतिनिधिले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै लुम्बिनीलाई खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन्।

डेटिकेडेट र ट्रंकलाइन विवाद : लेखा समितिले माग्यो लाल आयोगको प्रतिवेदन

लेखा समितिले ‘डेडिकेटेड’ र ‘ट्रंक’ लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन मागेको छ।

रवि जोडिएको सुप्रिम सहकारी प्रकरणः पूर्वउपराष्ट्रपतिपुत्र जोगाउन प्रतिवेदनमै ‘किर्ते’

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था तत्कालीन गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि चर्चामा छ। यही सहकारीमा सचिव रहेका पूर्वउपराष्ट्रपतिपुत्रलाई जोगाउन गरिएको चलखेलको कथाः

मुम्बईमा भारी वर्षाका कारण उडान प्रभावित

मौसमी समस्याका कारण केही उडान रद्द भएका छन् भने केही उडान अन्यत्र मोडिएको जनाइएको छ।

मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ।

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्रै परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ।

झूटो विवरण पेश गरी नागरिकता लिएका २६ जनाविरुद्ध मुद्दा

एक वर्षको अवधिमा काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ।

३२ अंकले बढ्यो नेप्से परिसूचक, १४ अर्बको कारोबार

नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ को विन्दुमा पुगेको छ।

ल्हारक्याल लामाले हडपेको बुढानीलकण्ठको सार्वजनिक जग्गा: खाली गराउन जुर्मुराएको नगरपालिका पछि हट्यो

सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएका ल्हारक्याल लामालाई पत्राचार गरेर कानूनी प्रक्रिया सम्झाएका बुढानीलकण्ठका मेयर अधिकारी नै अहिले ‘समितिले काम गरिरहेको’ भन्दै पछि हटेका छन्।

वैदेशिक रोजगारीका लागि छनोटअगावै राहदानी लिए म्यानपावरलाई कारबाही

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने म्यानपावर कम्पनीलाई कारबाही गर्ने भएको छ।

बुद्धनगर–बबरमहल जोड्ने धोबीखोलाको पुलमा बाढीले क्षति, आवागमन बन्द

वर्षाका कारण धोबीखोलामा आएको बाढीका कारण काठमाडौँ महानगरपालिका–१० र ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको छ।